ताजा समाचार

सखुवानन्न्कारकट्टी २ मा नेपाली काङ्ग्रेसको वडा कमिटीको सभापतिमा हरेराम यादव चयन

  • कार्तिक २९, २०७८
  • १०२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २९ , कार्तिक । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सिरहाको सखुवानन्न्कारकट्टी गाउँपालिका वडा नम्बर - २ मा सम्पन्न भएको छ। नेपाली काङ्ग्रेसको वडा नम्बर २ मा निर्विरोध रुपमा कमिटी चयन भएको छ।नवगठित कमिटीको वडा सभापतिमा हरेराम यादवको नेतृत्वमा १५ सदस्य नयाँ कर्यसमिती बिस्तार भएको हो । निर्वाचन आयोगले चुनावको समय तोकीदा आफ्नो पार्टीको बर्चस्व कार्यम गर्न गाउँ गाउँमा नयाँ समितिहरु गठन गर्न लगेका छन। केन्द्रका र सिरहाको निर्णय अनुसार कार्तिक ७ गते सिरहा जिल्लाको प्रत्येक वडा अधिबेशन शनिबार गराउनु पर्ने नेपाली काङ्ग्रेसका जिल्ला सभापति राम चन्द्र यादवले बताए।

नवगठित समितीको सभापतिमा हरेराम यादव, उप-सभापतिमा सोनेलाल चौधरी,सोतीलाल चौधरी ,सचिबमा घुरन प्रसाद यादव,भुपेन्द कुमार गुप्ता,सह-सचिवमा राम कुमार यादव,राम उदगार यादव, कोषाअध्यक्ष दुलि चन्द्र यादव सदस्यहरुमा मान्ती कुमारी यादव,रामबली देबे यादव,घुस्की देबी सदाय,राम नारायण यादव,देब नारायण चौधरी, बिजय कुमार गुप्ता, सैलेश कुमार यादव, राम बिनोद यादव ,दुलिचन्द्र यादव लगायत १५ सदस्य समिती चयन भएको छ ।वडा र क्षेत्रीय कमिटी सर्वसम्मत रुपले चयन भएको नेपाल विद्यार्थी संघका सिरहा प्रबक्ता तथा युवा नेता पपु यादवले जानकारी दिनु भएको छ्।समितीहरुले एक आपसमा सफल कार्यकालका लागि शुभकामना आदानप्रदान समेत गरेका थिए । सिरहाको १७ वटा स्थानीय तहको सम्पुर्ण वडाहरुमा वडा अधिबेशन सम्पन्न गर्न जिल्ला सभापति राम चन्द्र यादवले निर्णय गरेका छन्। नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताहरुले वडा अधिबेशन गराउन बेस्त देखिएका छन् ।

Open photo

प्रतिक्रिया दिनुहोस

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤