ताजा समाचार

लहान - २२ मा काङ्ग्रेसको अधिवेशन सम्पन्न , साहको नेतृत्वमा२७ सदस्य कमिटी बिस्तार

  • कार्तिक २७, २०७८
  • ११७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान २७, कार्तिक । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सिरहाको लहान नगरपालिका वडा नम्बर - २२ मा आज नेपाली काङ्ग्रेसको वडा कमिटी निर्विरोध रुपमा गठन भएको छ । नवगठित कमिटीको वडा सभापतिमा रामबृक्ष साहको नेतृत्वमा २७ सदस्य नयाँ कर्यसमिती बिस्तार भएको हो । नवगठित समितीको उप- सभापतिमा साजन चौधरी , समतलाल चौधरी , सचीवमा रामलक्षण चौधरी , ओमप्रकाश चौधरी , सह- सचीवमा प्रेम चौधरी , अशोक कुमार यादव , कोषाध्यक्षमा शम्भुनाथ यादव , सदस्यहरुमा माधव प्रसाद यादव , सुनरदेव यदव लगायत २७ सदस्य समिती चयन भएको छ । त्यस्तै पार्टीकै सिरहा निर्वाचन क्षेत्र नम्बर - १ को `क´ निर्वाचन क्षेत्रका लागी वडाबाट १५ जना क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत रुपले चयन भएको छ । नवगठित क्षेत्रीय प्रतिनिधिमा रामबिहारी यादव , सोति साह , विजय कुमार यादव लगायत रहेको नेपाली काङ्ग्रेस वडा नम्बर - २२ वडा समितिले जनाएको छ । समितीहरुले एक आपसमा सफल कार्यकालका लागि शुभकामना आदानप्रदान समेत गरेका थिए ।

Open photo

प्रतिक्रिया दिनुहोस

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤