ताजा समाचार

हिन्दू र मुस्लिम धर्मावलम्बीबीचको विवादले जनकपुरमा भोलि १० बजे रातिसम्म निषेधाज्ञा

  • कार्तिक २७, २०७८
  • ९२५ पटक पढिएको
  • रामएकवाल राम
alt

जनकपुरधाम -  केही दिअघि छठघाट बनाउने क्रममा जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरारुपैठामा हिन्दु र मुस्लिम धर्मावलम्बीबीच भएको विवादले सामाजिक सद्भाव बिथोल्ने अवस्था देखिएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो। 

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ उपदफा ३ (क) बमोजिम कुनै प्रकारका भेला, जुलुस, प्रर्दशन, घेराउ, र्याली, सभाजस्ता गतिविधि गर्न नपाउनेगरी शनिबार दिउँसो २ बजेदेखि आइतबार राति १० बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको हो। 

पूर्वमा जलाद नदीको कल्टी बाँध, पश्चिममा जनकपुर जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचौकदेखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा जारी गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बास्तोलाले जानकारी दिए।

सो ठाउँमा केही समूहले साम्प्रादायिक सद्भावमा खलल पुग्ने खालका नारा, जुलुस, हुलहुज्जत गरिरहेको बुझिएकोले शान्ति सुरक्षा कायम गर्न केही क्षेत्रमा निषेधाज्ञा जारी गरिएको उनले बताए। पछिल्लो केही वर्षयता सो स्थानमा वर्षमा एक/दुईपटक दुई धर्मावलम्बीबीच चाडपर्वका बेला विवाद हुने गरेको छ। 

प्रतिक्रिया दिनुहोस

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤