वडा अध्यक्ष यादवको रोकमा गाउँपालिकामा श्रद्धाञ्जली सभाको आयोजना

  • कार्तिक २७, २०७८
  • ६२३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २७ कार्तिक- सिरहाको सखुवानन्कारकट्टी गाउँपालीका वडा न.२ का वडा अध्यक्ष बिल्टु यादवकाे अल्पआयुमै मृत्यु भएको छ्। वडा अध्यक्ष यादवको मृत्यु हुँदा सम्पुर्ण गाउँपालिका नै शोकमा डुबेका छन। क्षती भएको सखुवानन्नकारकट्टी गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवले बताउनु भएको छ । वडा अध्यक्षको निधनले गाउँपालिकामा अपुरणिय क्षती भएको भन्दै सभामा उनको ब्यक्तिगत र समाजिक छवीको बारेमा चर्चा गरिएको थियो । गाउँपालिका द्वारा आयोजित श्रद्धाञ्जली सभाको सम्बोधन गर्दै पालिका अध्यक्ष यादवले वडा अध्यक्षको निधनले पालिकामा एउटा असल अभिभावकलाई गुमाएको बताएका छन् ।

जनप्रतिनिधिको कार्यकाल समाप्त नहुदै वडा अध्यक्षको निधनले सम्पूर्ण गाउँपालिका बासीलाई दुखित तुल्याएको गाउँपालिका अध्यक्ष केदारनाथ यादवले कार्यक्रममा भाबुक हुँदै बताएका थिए । जिउँदो हुँदा कार्यपालिका महत्त्वपूर्ण बैठकको निर्णय लगायत औपचारीक र अनैपचारीक रुपमा वडा अध्यक्ष ज्युको बिचार आएको छ , उक्त बिचारलाई बजेट तथा नीति कार्यक्रमहरुमा समेटने अध्यक्ष यादवले प्रतिबद्धता गरेका छन् । बिल्टु जि´ ले जनताको लागि बोकेका सपना सकार पार्न गाउँपालिका पछि नपर्ने भन्दै १३ औं दिनको पुन्यतिथी सोठिआईन मै मनाउने निर्णय गरेको अध्यक्ष यादवले सुनाए । मान्छेको जन्म भएपछि मृत्यु निश्चित छ, जति पैसा वाला मान्छे भएपनी मृत्युलाई किन्न सकिदैन ,मानव जिवनमा जन्म र मृत्युको बिचको समय अमुल्य हुन्छ,प्रमुख प्रशासकीय अधिकृत रामकिशोर यादवले बताउनु भयो ।

वडा अध्यक्ष यादवको जनतालाई सेवा गर्ने कार्यगर्ने शैली राम्रो थियो ,कर्मचारी र जनप्रतिनिधि दुबैको भावना बुझ्ने वडा अध्यक्ष उनी रहेको अधिकृत महतोले बताएका छन् ।, वडा नम्बर – ३ का वडा अध्यक्ष महेन्द्र प्रसाद यादवले गाउँपालिकामा एक जना असल , मिलनसार , ईमान्दार वडा अध्यक्षको निधन भएको सुनाउनु भयो । वडा अध्यक्ष यादवको किड्नीको समस्याको करण २०७८ कार्तिक २४ गते बुधबार आचानक मृत्यु भएको थियो । सभामा उपस्थित सम्पुर्णले मृत्यक प्रती भावपुर्ण श्रद्धाञ्जली दिदै शोकाकुल परिवार जनमा गहिरो समबेदना ब्याक्त गरेका थिए ।

मृत्यक वडा अध्यक्ष प्रती शोक मनाउन गाउँपालिकाले सार्वजनिक रुपमा बिदा दिने निर्णय गरेका छन् । कार्तिक २८ आईतवारका दिन गाउँपालिका भित्रका सम्पुर्ण सरकारी तथा गैर सरकारी संघ संस्था ,कार्यालय बन्द रहने जनाएको छ । वडा अध्यक्ष यादव सहासिक र उच्च मनोवलको मन्छे थियो , मनमा लागेका कुरा उहाँले नहिच्कीचाई ढुक्क साथ कार्यपालिका बैठकमा राख्थे , जनताको काम गर्न पछाडि नपर्ने हसिलो र मिलनसार स्वभाव भएका कारण वडा अध्यक्ष यादवको दाह – संस्कारमा सबै पार्टीको कार्यकर्ताहरुको उपस्थित रहेको जनाए । त्यसतै श्रद्धाञ्जली सभामा गाउँपालिका उपाध्यक्ष अमला देवि यादवले भावुक भएर मन्तब्य राख्न असमर्थ भएका थिए ,कार्यक्रम मै उनको अँखा रसाए।श्रद्धाञ्जली कार्यक्रममा ईन्जिनियर राधेश्याम यादव ,समाजसेवी मानविर यादव,मो मुस्ताफा,कृषि अभियान्ता रहमुल राईन लगायत सम्पुर्ण शाखाका कर्मचारी र जनप्रतिनिधिहरुले वडा अध्यक्ष यादवको तस्बिरमा माल्याअर्पण गरेर श्रद्धाञ्जली मनाएका थिए।

Open photo

प्रतिक्रिया दिनुहोस

नवराजपुरमा कक्षा १ द ...

ओम प्रकाश यादव लहान ३१ बैशाख । शिक्षा क्षेत्रको सुदृढीकरण तथा बालबालिकालाई आफ्नै गाउँ समाज ...

सिरहामा ब्राह्मण–मण् ...

ओम प्रकाश यादव लहान ३१ बैशाख । सामाजिक सुधार अब भाषण वा नारामा मात्रै सीमित नरहने संकेत दिने एउ ...

टिपरको ठक्कर बाट किस ...

रहमुल लहान ३१ बैशाख । सिरहाको मिर्चैया नगरपालिका ७ मा विहान टिपरको ठक्कर बाट एक जना वृद्ध किसान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१