भारतीय रक्षा प्रमुख रावतसँग प्रधानसेनापति शर्माको भेट, द्विपक्षीय रक्षा सहयोग बढाउनेबारे छलफल

  • कार्तिक २५, २०७८
  • १००४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लालु चौधरी / कपिलवस्तु / विजयनगर प्रधानसेनापति प्रभुराम शर्मा भारत भ्रमणमा छन् । भारतीय सेनाका समकक्षी मनोज मुकुन्द नरवणेको निमन्त्रणामा शर्मा त्यसतर्फ गएका हुन् । प्रधानसेनापतिका रूपमा शर्माको यो पहिलो विदेश भ्रमण हो । शर्माले मंगलबार नै आफ्ना समकक्षी नरवणेसँग शिष्टाचार भेटवार्ता गरेका छन् । सो भेटमा आपसी हित र पारस्परिक सहयोगबारे कुराकानी भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । शर्माले आज भारतीय स्थल सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न लिने कार्यक्रम छ । यो उपाधि भारतीय राष्ट्रपति रामनाथ कोबिन्दले दिनेछन् । नेपाल र भारतका सेनाबीच मानार्थ महारथीको उपाधि दिने प्रचलन रहँदै आएको छ । प्रधानसेनापति शर्माले भारतका राष्ट्रपति कोबिन्द, त्यहाँका रक्षा सचिव, वायु सेनाध्यक्षलगायतसँग शिष्टाचार भेट गर्ने कार्यतालिका पनि छ । शर्मा भ्रमण सकाएर कात्तिक २६ गते स्वदेश फर्कने छन्
 
 
 
 
 

 

प्रतिक्रिया दिनुहोस

लहानमा मेयर चौधरीद्व ...

ओम प्रकाश यादव लहान, ७ कात्तिक । सिरहाको लहान नगरपालिका वडा नम्बर २१ अन्तर्गत कलाबञ्जर र बेतहा गाउँक ...

कृष्णानगरमा नागरिकको ...

कृष्णनगर, कपिलवस्तु, कार्तिक ७ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) उमा प्रसाद चतुर्वे ...

दिपावली,भाइ टिका, छठ ...

रहमुल लहान ५ कार्तिक । दीपावली, भाइ टिका, छठ र सामाचकेवा नेपाल र भारतको संस्कृति र परम्परामा गह ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१