ताजा समाचार

श्री सल्हेश एकता मन्च कतारद्वारा शुभकामना अदान प्रदान सप्पन्न

  • कार्तिक २०, २०७८
  • १२२२ पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम दोहा ( कतार) - श्री सल्हेश एकता मन्च नेपाल कतारद्वारा भेटघाट तथा शुभकामना अदान प्रदान कार्यक्रम सप्पन्न गरेका छन।

एसिन टाउन स्थित ग्राण्ड मल्लमा भएको कार्यक्रममा संस्थाको संस्थापक अध्यक्ष एवं कतार शाखा अध्यक्ष समेत रहनु भएका श्री दुर्गानन्द पासवानले बोल्दै भन्नुभयो हामी सबै मिलेर अगाडि बढनु पर्छ।सम्पूर्ण दलितहरुको एकता आजको आवश्यकता तथा भेदभाव मुक्त समाजको निर्माणका लागि समेत आग्रह गर्नु भयो।कार्यक्रममा बोल्दै सल्लाहकार संजय पासवानले अहिले एकाईसौ शताब्दीमा पनि नेपाली समाजमा कुकुरलाई सम्मान र हामी दलितलाई अपमान गरिरहेको भन्दै यस्ता विकृतिहरुलाई जरै देखि हटाउनु पर्छ भन्दै शुभकामना व्यक्त गरेका थिए। हिन्दु धर्मावलम्बीहरुले मनाउने महान पर्व दिवाली तथा छठ पर्वको अवसरमा मन्चका उपाध्यक्ष राधेश्याम पासवानले शुभकामना व्यक्त गर्नु भयो।
विभिन्न कम्पनीबाट आएका कार्यक्रममा उपस्थित सबैले एक आपसमा शुभकामना अदान प्रदान गरेको कोषाध्यक्ष घनश्याम पासवानले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढीमा बेपत ...

ओम प्रकाश यादव लहान, असोज १२ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा बेपत्ता भएका सखुवानन्का ...

डाँका, ज्यान मार्ने ...

ओम प्रकाश यादव लहान, असोज १२ । जिल्ला सिरहामा डाँका, ज्यान मार्ने उद्योग, लागूऔषध, हातहतियार खरखजाना ...

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤