ताजा समाचार

प्रदेश २ को धनुषामा पिस फोर्स संयोजकमा यादव निर्बाचित

  • कार्तिक १८, २०७८
  • ५९० पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १८ कात्तिक- नेपाल परिवार दल निकट पिस फोर्स नेपालका - प्रदेश २ का संयोजकमा धनुषाका शिभ शंकर यादव निर्बाचित भएका छन् ।जनकपुरमा आयोजित बिशेष भेलाले युवा नेता यादवलाई प्रदेश संयोजकमा चयन गरेको हो। त्यसैगरी उपाध्यक्षमा रंजिस कुमार मिश्र र दिपेन्द्र शाह र सरिता कुमारी यादव, सचिवमा पुनम कुमारी यादव लगायत १०१ सदस्यीय प्रदेश समिति गठन गरेको छ। बिशेष भेलालाई सम्बोधन गर्दै नेपाल परिवार दलका केन्द्रिय सदस्य अब्दुल केयुम शाह फकिरले पिस फोर्सलाई शुभकामना दिदै युवालाई सकारात्मक र रचनात्मक बाटोमा अघि बढी देशको नेतृत्व गर्न सक्ने बनाउन आफ्नो पार्टी क्रियाशील रहेको बताए। पिस फोर्सका केन्द्रिय अध्यक्ष रबिन्द्र चौलागाई र महासचिव नोइन्द्र खतिवडाले युबाहरुलाई प्रशिक्षण दिएका थिए। पिस फोर्स नेपाल देशभरी संगठन बिस्तारमा लागि परेको आयोजकले जानकारी दिनु भयो।

प्रतिक्रिया दिनुहोस

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤