Siraha Times
ताजा समाचार

बोदे बर्साईन लगायतको डोम समुदाय पर्व नजिक आउँदा ,बाँस र बेतका चोया बनाउनमा व्यस्त

  • कार्तिक १५, २०७८
  • ७४५ पटक पढिएको
  • रामएकवाल राम
alt

उमेश कुमार साह राजविराज, २५ कात्तिक । छठ पर्व शुरु भएसँगै सप्तरीको डोम समुदाय बाँस र बेतका चोया बनाउनमा व्यस्त भएका छन् । छठको पहिलो दिन आज अरबा–अरबाइन शुरु भएको छ । छठ पर्व मनाउने व्यक्तिको सङ्ख्यामा वृद्धिसँगै प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकुँडा पु¥याउन डोम जातिका सदस्य व्यस्त छन् भने उनीहरुलाई ती सामग्री बनाउन अहिले भ्याइनभ्याइ भएको बोदे बर्साईन नगरपालिका वडा नम्बर – ०६ मलहनिया का दिलीप मरिक(डोम)ले बताउनुभयो ।

छठ पर्व मनाउने प्रत्येक तराईवासीले छठमाता तथा सूर्यदेवतालाई बाँस र बेतबाटै बनाइएका डालो, नाङ्लो र टपरीमा अघ्र्य दिनुपर्ने हुन्छ । प्रत्येक परिवारमा पाँच÷सातवटा बाँसका भाँडाकुँडा किन्नुपर्ने भएकोले उक्त समुदायमा व्यस्तता बढेको बताइएको छ । सप्तरी जिल्ला लगायत तराईका विभिन्न ठाउँमा अहिले डालो, नाङ्लो र टपरीलगायतका सामान डोमसमुदाय बिक्रीवितरण गर्नमा व्यस्त देखिएको छ । गाउँ गाउँमा डोम जातिका प्रत्येक घरमा बाँस र बेतको थुप्रो राखिएको छ । परिवारका सबैजना बाँस र बेतका सामग्री बनाउन सक्रिय रहेको बोदे बर्साईन नगरपालिका– ०२ बरहा का प्रवेश यादवको भनाइ छ । यो समुदायको जीविकोपार्जन यही पैसाबाट चल्ने भएकाले पनि अहिले डालो, नाङ्लो र टपरी लगायतका समान बनाउन लागिपरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१