लहान ३ स्थित संचालनमा रहेको क्रीकेट खेलकुद प्रतियोगिताको फाईनल खेल सम्पन्न

  • कार्तिक १५, २०७८
  • ९१४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १५ कार्तिक-सिरहाको लहानमा कार्तिक १० गते देखि संचालनमा रहेको क्रीकेट खेलकुद प्रतियोगिताको आज समापन भएको छ । आज भाएको फाईनल खेलमा आर सिसि टिम लहान - ३ प्रथम भएको हो । टस जितेर पहिले ब्याटिङ्ग रोजेका आर सिसि टिमले १ सय ५५ रनको लक्ष्य दिएका थिए । २० ओभरको खेलमा प्रतिद्वन्द्वी युनिक क्रीकेट टिम लहान - ३ ले सम्पुर्ण विकेटको क्षतिमा ९३ रन मात्र बनाई अलआउट भएको आयोजक खुशी जागरुक युवा क्लव लहान - ३ का सल्लाहकार श्याम सुन्दर महतोले जानकारी दिनुभएको छ । क्रीकेट प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु १५ हजार, सिल्ड प्रमाणपत्र प्रदान गरेको छ भने दृत्य हुनेलाई नगद रु ८ हजार , सिल्ड , प्रमाणपत्र प्रदान गरेको आयोजक संस्थाका अध्यक्ष नारायण महतोले बताए ।कृकेट प्रतियोगितामा सिरहा जिल्लाका ८ वटा टिमहरुले सहाभागिता जनाएका थिए ।

शुभ दिपावली र छठपर्वमा आयोजित कार्यक्रममा मटकाफोर र स्लो साईकल रेस खेलको समेत आयोजना गरिएको थियो । मटकाफोर कार्यक्रममा कुनैपनी टिमले बिजय हासिल नगरेपनी स्लो साईकल रेसमा ल.ल.कु. माबी लहान - ३ मा कक्षा १० मा अध्यनरत पुजा कुमारी महतोले प्रथम स्थान हासिल गरेको थियो । त्यस्तै दोस्रो स्थानमा गुरुकुल पाठशाला लहान - ८ मा अध्यनरत कक्षा - १० कि मनिषा साहले दोस्रो स्थान हासिल गर्न सफल भएका थिए । स्लो साईकल रेसमा प्रथम र दोस्रो स्थान हासिल गर्नेलाई आयोजकले साईकल प्रदान गरेको थियो । मानव अधिकारकर्मी चन्द्रनरायण कुशवाहाको प्रमुख आतिथ्यमा संचालित कार्यक्रममा बिजेता ,उपबिजेता लगायत हरेक खेलमा उत्कृष्ट प्रतिभा देखाउने खेलाडीलाई समेत प्रमाणपत्र र सिल्ड प्रदान गरिएको बुझिएको छ ।

खेल संचालन गर्न सहयोगी मनहरुले आफ्नो ब्यक्तिगत तर्फबाट आर्थिक सहयोग गरेको थियो भने खेल संचालनमा आर्थिक सहयोग गरेका दाताहरुलाई आयोजक क्ल्बले सम्मान गरेका थिए । क्लबका अध्यक्ष नारायण महतोको अध्यक्षतामा समापन कार्यक्रमको उदघाटन भएको थियो भने मानव अधिकार कर्मी चन्द्र नारायण कुशवाहाले प्रमुख अतिथि रहनु भएको थियो।बिशिस्ट अतिथिमा लहान नपा ३ का अध्यक्ष राम दयाल महतो रहनु भएको थियो।

अतिथिहरुमा जसपा नेता राम उदगार महतो, जनप्रतिनिधि राजा राम महतो, नेता देब नारायण महतो,नेबि संघका नेता मुकेश महतो,जनप्रतिनिधि बिष्णु महतो,नर्सिङ होम लहानका म्यानेजर ऋषिरंन्जन झा शिक्षक दिनेश महतो, इन्जिनियर उदितनारायण महतो,शिक्षक प्रसलाल महतो,बुधिजिबी गंगा राम महतो,शिक्षक जितेन्द्र कुमार महतो, रेडियो संरगम को संचालक प्रबन्धक फिरोज शेख, रेडियो नेपालका सिरहा सम्बादाता संजय बिश्वक्रमा, नेपाल पत्रकार महासंघ सिरहा सखाको जिल्ला कार्यसमिति सदस्य तथा नेपाल पोस्ट दैनिक र रिपोर्ट नेपालका सिरहा सम्बादाता महेश सिंह लगायत सयौं बुधिजिबीहरुको सहभागिता रहेको आयोजक संस्थाको अध्यक्ष नारायण महतोले जानकारी दिनु भयो।

Open photo

 

प्रतिक्रिया दिनुहोस

वित्तीय शोषण विरुद्ध ...

ओम प्रकाश यादव लहान २८ चैत । “सम्पूर्ण वित्तीय मजदुर एक होऔँ ! वित्तीय शोषण तथा उत्पीडन विरुद् ...

सुरुङ्गा नगरपालिका-५ ...

रहमुल लहान २६ चैत । सुरुङ्गा नगरपालिका -५ लाई “बालमैत्री स्थानीय शासन वडा” घोष ...

लहान १२ भोटियाटोलमा ...

ओम प्रकाश यादव लहान २६ चैत । सिरहा जिल्लाको लहान नगरपालिका १२ अन्तर्गत भोटियाटोलको सदाय बस्तीमा सोमब ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१