Siraha Times
ताजा समाचार

ईसिलाल पण्डितको अध्यक्षतामा महोत्तरी सेवा समाज कतार गठन

  • कार्तिक १३, २०७८
  • १०६५ पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम दोहा- रोजगारीको सिलसिलामा कतारमा कार्यरत महोत्तरीका युवाहरुद्वारा महोत्तरी सेवा समाज संजाल  गठन गरेको छ। दोहा कतारको एसियन टाउन स्थिति ग्राण्ड मॉलमा शुक्रबार भएको सो कार्यक्रममा महोत्तरी जिल्लाबासिहरुको निकै बाक्लो उपस्थिति रहेको थियो । उक्त संस्था विगत केहिदिन देखि चलाउदै आइरहेको थियो  । तर कार्यसमिति गत शुक्रबार इसिलाल पण्डितको अध्यक्षतामा संजाल चयन गरिएको हो।

आफ्नो परिवारलाई खुशी अनि सुखी बनाउन एवम् भविष्यका दिनहरुमा केही गरुला भन्ने सुनौलो सपनाहरु बोकी प्रदेशिएका  नेपाली दाजु- भाई तथा दिदीबहिनीहरु यो बिरानो मुलुकमा दिनहु दलालको फन्दामा परि विचलिमा परेका हामिहरु प्रदेशमा सधैं कुनै न कुनै दु:ख र पिडाका खबरहरु सधै सुन्न र पढ्न पाउछौ । यस्ता दुख अनि पिडामा परेका आम महोत्तरीबासि लगायत दोहा कतारमा रहनुहुने सम्पूर्ण नेपालीहरुलाई सहयोग तथा उद्धार होस भन्ने आशाका साथ महोत्तरी सेवा समाज संजाल गठन गरेको हो ।

उक्त कार्यसमितिका पदाधिकारीहरुको नामावली यस प्रकार छ।
अध्यक्ष - इसिलाल पण्डित
उपाध्यक्ष - अभिमनु यादव
सह उपाध्यक्ष - जियाउल मुस्ताफ्ह
कोषाध्यक्ष - सुरेश साह
सह कोषाध्यक्ष - शंकर साह
महा सचिव -बिरेन्द्र कुमार पासवान
सचिव- रामहृदय साह
मिडिया कोर्डिनेटर- ॐ प्रकाश यादव
शेख शाह नवाज प्रवेश
सचिवालय सदस्य - मनोज सिंह
सल्लाहकार - अन्कुश पण्डित
विशेष सल्लाहकार - बिपिन यादव
मिडिया संयोजक- अरुण यादव
सदस्यहरु
(१)सुनिल झा
(२) रामकिशोर साह
(३) राम अधार नायक
(४) रामबाबु मण्डल
(५) रामजीवन महतो
(६) लक्ष्मी नारायण मण्डल
(७)रामइस्वर सहनी
(८)दिनेश साह
(९) दिपु राउत
(१०)जयनाथ साह
(११)सुरेश पण्डित
(१२)रामबिनेश यादव
रहेको यसै संस्थाका उपाध्यक्ष अभिमनु यादवले जानकारी दिनु भयो। सो कार्यक्रममा अतिथिहरुमा यादव सेवा समाजका अध्यक्ष भोगिन्द्र यादव महा सचीव इन्द्रजित यादव उपाध्यक्ष धर्मेन्द्र यादव प्रदेश -२ समन्वय परिषद कतारका अध्यक्ष नियाज शेखले सबैमा बधाई दिएका थिए ।अतिथिको रुपमा आउनु भएका मधेसी समाजिक अभियान्ता मनिष यादव ज्यूले आउदै गरेको नेपालीहरुको महान पर्व दिपावली तथा छठ पर्वको अवसरमा एव नव गठित महोत्तरी सेवा समाज संजालका सम्पूर्ण कार्यसमितिलाई उत्तरोत्तर प्रगतिको कामना तथा बधाई सहित शुभकामना दिएका थिए।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१