Siraha Times
ताजा समाचार

टी २० विश्वकप क्रिकेटको सुपर १२ मा वेस्टइन्डिजले पहिलो जीत

  • कार्तिक १३, २०७८
  • १०४० पटक पढिएको
  • आशिक हुसैन शेख
alt

टी २० विश्वकप क्रिकेटको  सुपर १२ मा वेस्टइन्डिजले पहिलो जीत निकालेको छ । लगातार दुई खेलमा पराजित रहेको डिफेन्डिङ च्याम्पियन वेस्टइन्डिजले शुक्रबार बंगलादेशलाई ३ रनले पराजित गरेको हो । शारजाहमा भएको समूह ए को भिडन्तमा वेस्टइन्डिजले पहिला ब्याटिङ गर्दै ७ विकेट  गुमाएर १४२ रन बनाएको थियो । जवाफमा बंगलादेशले ५ विकेट गुमाएर १३९ रनमा रोकियो । लगातार तीन खेलमा पराजित भएको बंगलादेशको सेमिफाइनल पुग्ने सम्भावना लगभग समाप्त भएको छ । बंगलादेशका कप्तान महमुदुल्लाहले टस जितेर पहिला बलिङ रोजेपछि पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले खराब प्रदर्शन गरेको थियो । वेस्टइन्डिजको शुरुआत भने खराब रह्यो ।

वेस्टइन्डिजका लागि क्रिस गेलले ४ रन बनाउँदा इभन लुईसले ६ रनको योगदान गरे । रोस्टन चेसले सर्वाधिक ३९ रन बनाउँदा कप्तान किरोन पोलार्डले १४ रनमा नटआउट रहे । निकालेल पुरनले ४० रनको योगदान गर्दा जेसन होल्डरले १५ रनको पारि खेले । बंगलादेशका मेहदी हसन, मुस्तफिजुर रहमान र सोरफुल इस्लामले समान २–२ विकेट लिए । १४३ रनको जवाफी लक्ष्य पछ्याएको वंगलादेशका लागि लिटन दासले सर्वाधिक ४४ रन बनाउँदा मोहमदुल्लाहले ३१ रनको नटआउट पारि खेले पनि हार टार्न सकेनन् । यसैगरी मोहम्द नइम र सौम्य सरकारले १७–१७ रन जोडे । रभि रामपौल, जोसन होल्डर, आन्ड्रे रसेल, अकिल हुसेन र डुवान ब्राभोले समान एक एक विकेट लिए । 

प्रतिक्रिया दिनुहोस

अन्तर्राष्ट्रिय युवा ...

ओम प्रकाश यादव, लहान, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लहान नगरपालिका–२४ स्थित ...

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

स्वच्छता र्‍याली र स ...

लहान साउन २५ । घरबाट सुरु हुने सरसफाइको अभ्यासलाई समुदाय हुँदै सार्वजनिक स्थलसम्म विस्तार गर्ने उद्द ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१