Siraha Times
ताजा समाचार

शिक्षा क्षेत्रमा देखिएको कमि कमजोरीमा सुधार ल्याउछौँ : मन्त्री यादव

  • कार्तिक ११, २०७८
  • १६४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, १२ कात्तिक । संघिय सरकारका शिक्षा बिज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादवले शिक्षा क्षेत्रमा देखिएको सवैखालका समस्या तत्काल समाधान गर्न सरकार लागी परेकोे बताएको छ । सिरहाको लक्ष्मिपुर पत्तारी गाउँपालिका ५ खरुकियाहीमा एकीकृत अखिल नेपाल शिक्षक संगठनले आज आयोजना गरेको सम्मान तथा शुभकामना आदन–प्रदान कार्यक्रममा प्रमुख अतिथिको रुपमा आएका मन्त्री यादवले सामुदायीक शिक्षामा सुधारको लागि सरकार लागिपरेको बताएको हो । विभिन्न विद्यालयमा कार्यरत राहत, अस्थायी, निजि स्रोत लगायतका शिक्षकहरुले बेला बखत आफू अन्यायमा परेको चर्को बिरोध गरिरहेकोले कार्यकाल भित्र यी समस्या समाधान गर्न आफ्नो तर्फबाट बिशेष पहल गर्ने प्रतिवद्धता जनाए । बालविकास केन्द्रमा अध्यापन गराउने सहयोगी कार्यकर्ताहरुको मासिक सेवा सुबिधामा एकरुपता नरहेकोले एकरुपता ल्याउन पनि आफू नितिगत पहल गर्ने मन्त्री यादवले प्रतिबद्धता गरे ।

Open photoतराईका अधिकान्स सामुदायिक बिद्यालयहरुमा बिद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी अभाव कायमै रहेको लगायतका विभिन्न समस्याहरु शिक्षा क्षेत्रमा देखिएकोले दरबन्दी मिलानका लागी पहल गरिरहेको मन्त्री यादवको भनाई छ । यस्तै बिशिस्ठ अतिथिको रुपमा कार्यक्रममा सहभागी प्रदेश नम्बर २ सरकारका आन्तरिक मामिला तथा संचार राज्यमन्त्री रुबीकुमारी कर्णले अब आउने तिनै तहको चुनावमा नेकपा माओवादी केन्द्र ठूलो पार्टी बन्ने दाबी गरेका छन् । जनताको हितमा काम गर्ने एक मात्र पार्टी नेकपा माओवादी केन्द्र भएकोले अब जनताले अत्याधिक मत दिएर पार्टीलाई विजय गराउनेमा दुईमत नरहेको बताए । चुनावको मिति नजिक आउनै लाग्दा गाउँ गाउँमा खटन÷सकृय रहन नेता तथा कार्यकर्ताहरु लाई दुवै मन्त्रीले निर्देशन समेत दिए ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१