ताजा समाचार

वडाध्यक्ष अंसारीलाई फसाईएको भन्दै वीरगंजमा जसपाको प्रदर्शन

  • कार्तिक ११, २०७८
  • ५०३ पटक पढिएको
  • रामएकवाल राम
alt

वीरगंज ११ कार्तिक। वीरगंज महानगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष तुफान फारुक अंसारीविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्साले दर्ता गरेको मुद्दा बिरुद्ध वीरगंजमा प्रदर्शन भएको छ । वीरगंजको मूर्लिस्थित शंकास्पद मृत्यु भएकी युवतीको शव गोप्य रुपमा गाड्न लागेको घटनामा वडाध्यक्ष अंसारीको नाम मुचिएपछि बिहीबार जनता समाजवादी पार्टी वीरगंज महानगर कमिटिले पर्सा प्रहरीको बिरुद्धमा प्रदर्शन गरेको हो ।

जसपा वीरगंज महानगर कमिटि अधयक्ष इश्वरचन्द्र यादवको अध्यक्षतामा भएको प्रदर्शनमा सहभागिहरुले वडाध्यक्षको छबीलाई नै आघात पुयाउने उदेश्यले सुनियोजित तरिकाले वडाध्यक्ष अंसारीमाथि षडयन्त्र गरेको आरोप लगाएका हुन् । महानगर कमिटि अध्यक्ष यादवले एक प्रृेस बिज्ञपति पनि जारी गर्दै प्रहरीले घटनामा संलगन देखिएका दोषि बारे निश्पक्ष अनुशन्धान गर्न सक्ने उल्लेख गरेका छन्। बिज्ञपतिमा भनिएको छ, ‘निश्पक्ष अनुशन्धानको लागि जसपा नेपाल मार्ग प्रसस्त गर्न सदैव तयार छ, तर, पूर्वाग्रहपूर्ण, अव्यवहारिक, र राजनीतिक प्रतिशोधपूर्ण भावनाबाट प्रेरित प्रहरीको अनुशन्धान प्रकृया आफूहरुलाई कदापी मान्य हुने छैन ।’

’ प्रहरीको यस्तो कार्यले जननिर्वाचित पदलाई आघात पु¥याउने हुँदा पर्सा प्रहरीको कार्यशैलीप्रति आफूहरु घोर आपती जनाउदै निश्पक्ष तरिकाले घटनाको सत्य तथ्य छानबिन गरी न्याय जनमुखि बनाउने महानगर कमिटि अध्यक्ष इश्वर यादवको भनाई छ । वीरगंजको मूर्लिबाट निस्केको बिरोध ¥याली वीरगंजको घण्टाघर, माईस्थान, आदर्शनगर घडिअर्वा र घण्टाघर हुँदै जिल्ला प्रशासन कार्यालय पर्सामा पुगी प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤