Siraha Times
ताजा समाचार

सबैलाका दर्जनौ नेता कार्यकर्ता जसपामा प्रवेश,उत्पीडित समुदायको एकमात्र हितैसी जसपा हो : मुख्यमन्त्री राउत

  • कार्तिक ११, २०७८
  • ६१० पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा । मुख्यमन्त्री लालबाबु राउतले मुलुकको सम्पूर्ण उत्पीडित समूदायको एक मात्र हितैसी जनता समाजवादी पार्टी नेपाल रहेको बताउनु भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा भएको मधेश जनविद्रोहले मुलुकमा संघीयता लागुु भएको र संघीयताकै कारण आज सम्पूर्ण उत्पीडित समुदाय टाउको उठाएर आफनो कुरा राख्न सक्षम भएको उहाँको कथन थियो । धनुषाको सबैला नपा ४ जरहियामा आयोजित पार्टी प्रवेश कार्यक्रममा मुख्यमन्त्री राउतले मधेश विद्रोहले ल्याएको संघीयताकै कारण आफु अल्पसंख्यक समुदायको भएपनि प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाएको बताउनु भयो ।
मधेश आन्दोलन स्थापित प्रदेश सरकार आन्दोलनकै म्याण्डेट अनुरुप मुलुकमा सबै समुदायका लागी आरक्षणको व्यवस्था गरेको बताउनुभयो । शिक्षामा पछि परेको मश्लिम दलित लगायतको समूदायलाई शिक्षा जोड दिन आग्रह गर्नु हुँदै मुख्यमन्त्री राउतले भन्नु भयो ,‘ प्रदेश सरकारले सबै समुदायको लागी आरक्षणको व्यवस्था गरेको छ । शिक्षा लिनुस रोजगारी पाउने निश्चित छ । ’
वडा समितिका अध्यक्ष श्याम सुन्दर मुखियाको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेस , नेकपा एमाले, माओवादी लगायतका पार्टी परित्याग गरेका दर्जनौ नेता कार्यकता जसपामा प्रवेश गरेका छन ।

नव प्रवेशीहरुलाई मुख्यमन्त्री राउत लगायतका नेताहरुले स्वागत गरेका थिए । कार्यक्रममा केन्द्रिय सदस्य एवं क्षेत्र नंं। १का प्रत्याशी दिपक कार्की, प्रदेश सभा सदस्य रामअशिष यादव, बौद्धिक पेशाकर्मी महासंघका उपाध्यक्ष जितेन्द्र यादव, प्रदेश सभाका प्रत्याशी एवं संघीय परिषद सदस्य श्याम यादव, जिल्ला अध्यक्ष पशुपति यादव लगायतका वक्ताहरुले आ–आफनो धारणा राख्नु भएको थियो । यस अघि मुख्यमन्त्री राउतलाई धनुषाधाममा नेता कार्यकर्ताहरुले भव्य स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१