Siraha Times
ताजा समाचार

कथित विकास प्रेमी मेयर मुनी, लहान २४ मा तालाबन्दी

  • कार्तिक ११, २०७८
  • ८७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान, ११ कात्तिक । लहान नगरपालिकाका मेयर मुनी साहलाई कथित विकास प्रेमी भन्दै आएको छ । तर, विकासको नाममा कमिशन आउँने ठाउँमा मात्र बजेट निर्धारन गर्ने गरेकोले लहानका जनता आक्रोशित भएका छन् । ठेकेदार शैलिमा राजनीतिक प्रवाह बढाएका मेयर मुनी साहले ग्रामिणक्षेत्रका वडा विकासमा बजेट कटौती गरेपछि विवाद खेप्दै आएका छन् । सोहीक्रममा सिरहाको लहान नगरपालिका २४ स्थित वडा कार्यालयको वडाअध्यक्ष बस्ने कोठामा स्थानीयवासीले विकास र पारदर्शिताको माग गर्दै बुधबार तालाबन्दी गरेका छन् । जनप्रतिनिधि निर्वाचित भएर आएको चार वर्ष बित्न लाग्दापनि वडामा उल्लेखनीय विकास नभएको स्थानीयहरुको गुनासो छ । ‘नगरसभाबाट हरेक वर्ष यही वडामा सबै भन्दा बढी बजेट आउने गरेको छ तर, सडक, खानेपानी, स्वास्थ्य, शिक्षा क्षेत्रमा सदुपयोग भएको छैन् । वडाअध्यक्षले आफ्नो आसेपासेलाई बजेट कामै नगरी पनि निकासा दिने गरेको छ,’स्थानीय बलिराम यादवले भने,‘हामीले पारदर्शिताको लागि वडामा आएको बजेट कहाँ–कहाँ खर्च भएको माग्दापनि दिएको छैन् ।’

यही वडामा स्थानीयहरुले सडकको विकास माग्दै ३९ दिनदेखि आन्दोलन गरिरहेको छ । खोलाबाट गाउँहुँदै आउने ट्याक्टरलाई गिट्टी, ढुगां, बालुवा लिएर आउन जान रोक लगाएको छ । ‘यही वडाको खोलाबाट करौडो रुपैयाँ नगरपालिकाले राजश्व असुल्ने गरेको छ । विकासमा ध्यान दिएको छैन्,’अर्का स्थानीय शितल साहले भने,‘हामीहरु बाध्य भएर आन्दोलित भएका छौँ ।’ ‘नगरपालिकाबाट वडा स्तरीयमा आएको बजेट अनुसार विकास गरेको छैन । बजेट खर्चका हिसाब माग्दा दिनै मान्दैन । वडाको भेलामा बस्न भन्दा पनि पटक पटक समय लिएर आउने गरेको छैन,’ अधिकारकर्मी राजकुमार राउतयले भने,‘बजेटको नाममा कार्यकर्ता पालन मात्र वडाअध्यक्षले गरेको छ ।’ वडाअध्यक्षले कुनै वस्ता नै नगरेको भन्दै जनता र दलका प्रतिनिधिहरु आक्रोशित भई वडा अध्यक्ष बस्ने कोठामा ताला लगाएको उनले सुनाए । आन्दोलित स्थानीयले सेवाग्राहीको काममा बाधा नहोस भनेर वडा सचिवको कार्यकक्षमा ताला लगाएनन । अधिकारकर्मी राउतले मेयर मुनी साह जस्तो गैर जिम्मेवार जनप्रतिनिधि कतै देखिएन । मेयर मुनीसँग विकास निर्माण गर्ने क्षमता नै छैन । कथित विकास प्रेमीको रुपमा रहेका यस्ता मेयरले यथाशिघ्र राजिनामा दिए हुन्छ ।

प्रतिक्रिया दिनुहोस

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

इलाका प्रहरी कार्याल ...

कृष्णानगर, असार ७ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मी बाट ख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१