बोदेबर्साइनका अधिकाँश पोलिक्लिनिक र औषधी पसल अवैद्य

  • कार्तिक १०, २०७८
  • ९३५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान, १० कात्तिक । सप्तरीको बोदेबर्साइन नगरपालिकाभित्र रहेका अधिकाँश स्वास्थ्य प्रतिष्ठान अवैद्यरुपमा संचालन रहेको खुलासा भएको छ । बोदेबर्साइन ५ स्थित नइमा हेल्थ केयर एण्ड डाइग्नोष्टिक सेन्टर प्रालि सँचालनको लागि नगरपालिकाबाट दर्ता गराएपनि आवश्यक मापदण्ड पुरा नगरेको स्थानीयको दावी छ । उता, लाईफ केयर पोलिक्लिनिक प्रालिको नाम दिएपनि दर्ता विना नै संचालन गर्दै आएका छन् । सरोकारवाला निकायले पोलिक्लिनिक संचालनको लागि ओपिडी, फार्मेसी, ल्याब, एक्सरे, इर्मेजेन्सीसहित एमविविएस डाक्टर अनिवार्य गरेको छ । नइमा हेल्थ केयरको फार्मेसी अजयकुमार साहको नाममा प्रतिमा फार्मेसी रहेको छ । फार्मेसी संचालक नइमा हेल्थ केयरमा नबस्ने गरेको छ । जहाँ फार्मेसी संचालक स्वम आफै बसेर सँचालन गर्नुपर्ने प्रावधान छ । नइमाका सँचालक रियाज अहम्दले ‘फार्मेसीका अजय साह काठमाण्डौ जानु भएका छन् ।’ ‘दर्ता लिएको सात दिन भएको छ ।’ ‘समान्य परामर्श गर्दै आएको छु ।’‘ पोलिक्लिनिकको आवश्यक मापदण्ड तयारी गर्दैछु ।’‘केही दिनमै सबै मापदण्ड पुरा हुने ।’ संचालक अहम्दको दावी छ ।

बोदेबर्साइन ५ स्थित रहेको लाईफ केयर पोलिक्लिनिक प्रालिले पाँच बर्ष पहिले जनस्वास्थ्य कार्यालयबाट क्लिनिक दर्ता गराएको छ । हाल नविकरण समेत नरहेको सो लाईफ केयरले आवश्यक पाँच मापदण्ड पुरा नगरी सँचालन गर्दै आएको छ । मापदण्ड पुरा नगरेकोले नगरपालिकाले समेत दर्ता नगरेको पोलिक्लिनिक संचालन गर्दै आएको छ । दर्ता समेत नगरेको लाइफ केयरका संचालक आसुतोष यादवले ‘फार्मेसी आफ्नै भएकोले पोलिक्लिनिक दर्ताको लागि नगरपालिकामा निवेदन दिएको छु ।’‘अहिले हप्तामा एक दिन डा.नुनजा यादव विराटनगरबाट आउँनु हुन्छ ।’‘बेलाबखत अरु डाक्टरलाई पनि बोलाउँने गरेको छु ।’ लाईफ केयरमा रिद्धीसिद्धी नामक फार्मेसी संचालन रहेको छ । क्लिनिक समेत नविकरण नरहेको लाईफ केयर पोलिक्लिनिक प्रालिले पोलिक्लिनिकको बोर्ड राखेर सेवाग्राहीलाई झुक्याउँने गरेको छ । बोदेबर्साइन बजारको औषधी पसल अवैद्यरुपमा संचालन रहेको छ । अधिकाँशको फार्मेसीको प्रमाणपत्र समेत छैन । जसको रहेपनि अरुको फार्मेसी प्रमाणपत्र लिएर संचालन गर्दै आएको छ । फार्मेसीको प्रमाणपत्र भाडामा लिएर संचालन गर्दै आएको छ । यसप्रति सरोकारवाला निकाय मौन छन् । बोदेबर्साइन नगरपालिकासँग सम्पर्क गर्दा यस्ता अवैद्य औषधी पसल तथा पोलिक्लिनिकलाई प्रक्रियामा ल्याउँन अनुगमन तिब्र पार्ने र कारवाहीको प्रक्रियामा लैजाने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा आँपका बगैँचा ...

लहान फागुन २८। सिरहा जिल्लाका विभिन्न स्थानमा रहेका आँपका बगैँचाहरू यतिबेला मञ्जरीले ढकमक्क भएका छन् ...

धानपछि गहुँमा पनि सं ...

रहमुल लहान, २८ फागुन । यस वर्षको असामान्य मौसमका कारण सिरहासहित तराईका विभिन्न क्षेत्रमा किसानहरू लग ...

नेशनल मेडिकल कलेज तथ ...

वीरगंज, २७ फागुन। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजले शैक्षिक सत्र २०८२/०८३ का प्रथम वर्षक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१