Siraha Times
ताजा समाचार

मुक्तिसँगै समानुपातिक अधार तयार गर्न सँकल्प लिन चाहन्छु ः राजु गुप्ता

  • कार्तिक ९, २०७८
  • १३२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान ९ कात्तिक । शोषित, पीडित, दलित तथा विभेदमा परेका वर्गको लागि अधिकार प्रत्याभूति गराउँन जसपा गठन भएको हो । यसैले समाजमा पछाडिपारिएका वर्गको लागि मुक्तिसँगै समानुपातिक अधार तयार गर्न सँकल्प लिन चाहन्छु जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य राजकुमार राजु गुप्ताले बताउँनुभयो । सिरहाको लक्ष्मीपुर पतारीमा कात्तिक ८ गते दीपावली तथा छठ् पर्वको शुभकामना कार्यक्रमका प्रमुख अतिथी केन्द्रीय सदस्य गुप्ताले काँग्रेस नागनाथ हुन । कम्युनिष्टहरु सापनाथ हुन भन्दै केन्द्रीय सरकारको नेतृत्व एकात्मक प्रणाली लागु गरेकोले यसले विभेद अन्त्य नहुने बताउँनुभयो ।

केन्द्रीय सदस्य गुप्ताले भगवानपुर सडक ६ लाइन, बडी भन्सार, उद्योग र रोजगारीको हावा दिएर काँग्रेसले मधेशी जनता ठगेर चुनाव जिते । तर, अहिलेसम्म कुनै काम नगरेको भन्दै म चुनाव हारेका होइन् । जनताकै लागि आज पनि विकास निर्माण तथा विभेद अन्त्यको लडाई लडिरहेको गुप्ताले बताउँनुभयो । कार्यक्रममा भगवानपुर गाउँपालिकाका अध्यक्ष तथा जसपाका मधेश समितिका सदस्य बेचन यादवले प्रदेश २ सरकारको कार्ययोजनाले कृषि, शिक्षा तथा स्वास्थ्य बद्लाव आएको बताउँनुभयो । अध्यक्ष यादवले कम पुँजी भएका मानिस काँग्रेस बन्न सक्दैन । कम्युनिष्टका नाममा जिमिन्दारहरु नेता बनेका छन् । उनीहरुले गरिब, दलित तथा पछाडिपारिएकावर्गको लागि केही काम गर्न नसकिने तथा समाजिक रुपान्तरण गर्न नसकिने । यसको लागि जसपा नै समाजवाद लागु गरेर परिवर्तन गर्न सकिने उहाँले बताउँनुभयो ।

लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष तथा मधेश प्रदेशका सदस्य रामवल्भव साहले जातीय राजनीतिक गरेर हुँदैन । जसपा मधेशी नेतृत्वको पार्टी हो । तपाईं हामी मधेशी एक भएर अघि बढौ समाजवादको संस्थागत गरी समाजिक रुपान्तरणमा लाग्न आव्हान गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासँघ सिरहाका निवर्तमान अध्यक्ष तथा केन्द्रीय परिषद् सदस्य दिनेश्वर गुप्ता, मधेश समितिका सदस्य ललिता दास, जसपाका सिरहा उपाध्यक्ष तथा लहान ७ का वडाध्यक्ष राकेश गुप्ता, लहान नगर समितिका अध्यक्ष दिनेश महतो, युवा नेता दिनेश यादवलगायतले शुभकामना मन्तव्य राख्नुभएका थिए । क्षेत्र १ अध्यक्ष परियाग यादवका सभाध्यक्षतामा भएको सो कार्यक्रममा कम्युनिष्ट र काँग्रेस पार्टी परित्याग गरि सयौ स्थानीय जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गरेका नेता कार्यकर्तालाई गमछा ओढाएर सम्मान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१