Siraha Times
ताजा समाचार

भ्रष्टाचार गरेको भन्दै खानेपानीका हाकिमलाई कालोमोसो दलेर नगर परिक्रमा

  • कार्तिक ४, २०७८
  • ९८७ पटक पढिएको
  • रामएकवाल राम
alt

जनकारधाम - भ्रष्टाचार गरेको भन्दै खानेपानी तथा ढल निकास कार्यालय जनकपुरधामका कार्यालय प्रमुख राजेश कुशवाहालाई कालोमोसो दलेर नगर परिक्रमा गराइएको छ । डा. सिके राउतको पार्टी जनमत पार्टीका कार्यकर्ताले प्रमुख कुशवाहालाई कालोमोसो र हिलो दलेर जनकपुरधाम नगर परिक्रमा गराएका हुन् । 

जनमत पार्टीले जनकपुर उपमहानगरपालिका मेयरलाई कालोमोसो र हिलो दलेर नगर परिक्रमा गराउने कार्यक्रम राखेको थियो । तर, नगरप्रमुख भागेपछि खानेपानी कार्यालयका प्रमुखलाई नगर परिक्रमा गराएका हुन् । सोही क्रममा प्रहरीले एक दर्जन बढी कार्यकर्तालाई पक्राउ गरेको छ ।

जनमत पार्टीका केन्द्रीय सदस्य विपी शाहले खानेपानी आयोजनामा भ्रष्टाचार गरेकाले जनकारवाही गरिएको बताए । तराई मधेसमा भ्रष्टाचार व्यापक रूपमा बढिरहेको भन्दै त्यसलाई राज्यको तर्फबाट नियन्त्रण हुन नसकेपछि आफूहरू कारवाहीका लागि उत्रिएको उनकाे भनाइ छ ।

भ्रष्टाचारी र अत्याचारीका नाइकेहरू सप्तरी, धनुषा तथा सर्लाही लगायतका जिल्लातिर नै घुमिरहेको भन्दै उनले सबैलाई यसरी नै कारवाही गरिने बताए । 

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१