NGO र INGO को जागिर छोडेर अरुलाई जागिर दिने रहरमा उद्योग संचालन

  • कार्तिक २, २०७८
  • ६२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २ कार्तिक - सिरहाको धनगढीमाई नगरपालीका ३ हनुमानगरमा साना उधोग संचालनमा आएको छ।गरिबी जिबनको सामना गर्दै उकासीएका जिबछ प्रसाद साफीले जिबिका चलाउन विभिन्न NGO र INGO मा जागिर गरेर १५ बर्ष बिताए। अङ्ग्रेजी विषयमा MA सम्मको शिक्षा अध्ययन गरेका साफिले आफ्नो जागिर छोडेर अरुलाई जागीर दिने रहरले ठुलो लगानीमा गाउँमै उधोग संचालन गरेका छन् । शिबम मल्टी प्रोडक्ट एन्ड ट्रेड ईन्डष्टिज प्रा.ली.नाम गरेको उधोग संचालनमा ल्याईएको छ। तरकारीमा प्रयोग हुने विभिन्न प्रकारको मसलाको पाउडर र बिना मिसावटको सुध तोरीको तेल उत्पादन हुने गरेको छ। स्वास्थको लागि राम्रो र स्वादीलो मसला बजारमा उपलब्ध हुने गरेको हो। उधोग अनुगमनको लागि नेपाल पत्रकार महा संघ सिरहा सखालाई आमन्त्रण गरेका थिए। उत्पादन भएको सामग्री महा संघका सभापति मनोज बनैता सदस्य महेश सिंह,सदस्य संजय बिश्वकर्मा लाई पनि नि:शुल्क रूपमा टेस्ट गर्नको लागी दिएको हो। हाल सिरहाको लहान गोलबजार, धनगढी, चोहर्वा, मिर्चैया, लगायतका बजारहरुमा प्रयाप्त मात्रामा उत्पादन सामग्रीहरु उपलब्ध हुने गरेका छन्।अरु मसला भन्दा गुणस्तरीय रहेको संचालक जिबछ प्रसाद साफिले जानकारी दिनु भयो। आफू जागिर छोडे पनि अरु करीब १० जना लाई काम दिएको साफिले बताए।
 Open Photo
Open Photo
Open Photo
Open Photo
 
 
 

प्रतिक्रिया दिनुहोस

जसपा नेपाल क्षेत्रीय ...

ओम प्रकाश यादव लहान मंसिर २९ । जनता समाजवादी पार्टी सिरहा जिल्लाका मेहिनेती नेता रामु महतो क्षेत्रीय ...

कृष्णनगरमा राष्ट्रीय ...

रवि प्रकाश कसौधन, कृष्णनगर, मंसिर २८ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका स्तरीय राष्ट्रीय प्रजात ...

पिडरबनी फुटबल क्लबद् ...

लहान, मंसिर २८ । पिडरबनी फुटबल क्लबले आज श्री माध्यमिक विद्यालय पिडरबनी, लहान नगरपालिका–११ का ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१