Siraha Times
ताजा समाचार

सप्तरी:अप्पन बेल्ही युवा क्लबले सम्मान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

  • कार्तिक १, २०७८
  • ८११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदारसिराहा।कार्तिक १ गते। सप्तरीको बलानबिहुल गाउँपालिका-४ मा रहेको अप्पन बेल्ही युवा क्लबले शनिबार बिहान १० बजे " सम्मान तथा साँस्कृतिक समारोह कार्यक्रम सम्पन्न गरेको छ। दशै दिपावली तथा छठ पर्वको सुख , समृद्धि तथा उतोरोतर प्रगतिको कामना गर्दै शुभकामना आदानप्रदान कार्यक्रम गरि मनाइएको छ। हिन्दुहरुको महान पर्वका रुपमा विजया दशमी ( दशैँ ) , शुभ दिपावली तथा छठ पर्वलाई लिइन्छ । यो सँगै समारोह कार्यक्रममा युवा , राजनीतिकर्मी , शिक्षक , शिक्षिका , संचारकर्मी , सुरक्षाकर्मी , डाक्टर , इन्जिनियर , अन्नदाता किसान साथै विभिन्न पेशाले आवद्ध पेशाकर्मीहरुको उपस्थितिमा भव्यताका साथ सम्मान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेका छन। सो कार्यक्रममा सप्तरी क्षेत्र न. ४ का प्रतिनिधि सभा सदस्य तथा पुर्व केन्द्रीय खेलकुद मन्त्री माननीय तेजुलाल चौधरीले भने, अब जसरी पनि बेल्ही बासीलाई बलान नदीबाट बचाउने प्रतिबद्धता जनाएका छन। समाज परिवर्तनमा युवा वर्गको अहम भुमिका रहेसँगै परिवर्तनले समाजमा चमत्कार ल्याउने बारेमा क्लबका अध्यक्ष रोशन कुमार यादवले धारणा राखेका थियोे । अप्पन बेल्ही युवा क्लबले समाजमा सदैव सहयोग र सदभावको जहिल्यै पनि रहिरहने अध्यक्ष यादवले धारणा राखेका राख्नु भएको थियो । विभिन्न ठाउँबाट सहयोग , उत्तसाह , बढाएकोमा क्लबका कोषाध्यक्ष कुमर कान्त झाले हृदय आत्माले धन्यवाद दिइएको कोषाध्यक्ष झाले बताए ।

Open Photo

Open Photo

Open Photo

Open Photo

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१