महेश सिंह सिरहा लहान ३१ असोज- सिरहाको सखुवानानकारकट्टी गापा ३ मा नेपाली काङ्ग्रेसको चिया पान समारोह कार्यक्रम सम्पन्न भएको छ्। स्थानीय जन निर्वाचित वाडा सदस्य सोने लाल चौधरीको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे। नेपाली काङ्ग्रेसका बरिस्ठ नेता तथा महासमिति सदस्य सुर्य नारायण यादवले प्रमुख अतिथि रहनु भएको थियो। प्रमुख अतिथि यादवका अनुसार नेपाली काङ्ग्रेसले नै देशमा रुपान्तरण ल्याउँछन् र देश बिकास गर्ने शक्तिको रूपमा रहेको दाबी गरेका छन्। बिशिस्ट अतिथिमा देबनाथ यादव,पुर्व सभापति देब नारायण यादव,सिरहा क्षेत्र नम्बर १ का क्षेत्री सदस्य तथा सखुवानानकारकट्टी वडा २ का प्रत्यासी,तनुक लाल यादव, नेपाल विद्यार्थी संघका निबर्तमान केन्द्रिय सदस्य संजय कुमार यादव,अतिथिहरुमा नेता गौरी नारायण चौधरी,युवा नेता गोपाल कृष्ण यादव,नेबी संघ सिरहाको पर्बक्ता तथा युवा नेता पपु यादव,लगायतका विद्यार्थी नेताहरुको उल्लेखनीय सहभागिता रहेको थियो।उक्त कार्यक्रम युवा गोपाल कृष्ण यादवले आयोजना गरेका थिए। यादव राजनितीमा निकै चर्चा बटुलेका छन्।
प्रतिक्रिया दिनुहोस
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved