सप्तरी:विद्यालयमा लगाइएको ताला ४ महिनापछि खुल्दा विद्यार्थीमा खुशीयाली

  • असोज २६, २०७८
  • ६९४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान।असोज२६ गते। सप्तरीको बलानबिहूल गाउँपालिका वडा नं. - ४, बेल्हीमा अवस्थित श्री जनता आधारभुत विद्यालयमा राजनितिक खिचातानिको कारण लगातार ४ महिनासम्म विद्यालयमा लागेको तालावन्दि खुल्दा यहाँका विद्यार्थीहरुमा खुसीयाली छाएको थियो। बिडम्बना विद्यालय खुल्दा पनि यस आधारभुत विद्यालयमा केवल २ ओटा प्रा.वि. दरवन्दिका शिक्षकहरु कक्षा १ देखि ८ सम्म भयाई-नभयाई पढ़ाउछन्। यस विद्यालयमा ३५० भन्दा बढ़ी विद्यार्थीहरु अध्यनरत छन्। यो विद्यालय वि.सं. २०११ सालमा स्थापना भएको हो। कक्षा ७ र ८ का विद्यार्थीहरुलाई अप्पन बेल्ही युवा क्लवका अध्यक्षले नेपाली, विज्ञान, सामाजिक बोर्डमा लेख्न भन्दा धेरै विद्यार्थीहरुले लेख्न सकेन।

Open Photo

साधारण घटाउ दिंदा पनि बनाउन सकेन। यसमा यिनीहरुको केही गल्ति छैन, यी निर्दोष बालवालिकाहरु सदैब विद्यालय आउँछन् र हाजिरी बनाएर शिक्षकको प्रतिक्षामा बिहान १० बजे देखि ४ बजे सम्म बस्छन्। यस विद्यालयमा ९९ प्रतिशत विद्यार्थी अति गरीव, बिप्पन र दलित समुदयबाट पढ्न आउँछन्। विद्यालयका प्रधानाध्यापक श्री नेतिलाल यादव सरलाई सोध्दा ४ बर्ष देखि अहिले सम्म विद्यालयमा स्थानीय सरकारबाट एक रूपैया पनि विकास निर्माणमा पाएका छैनो र शिक्षकको बारम्बार माँग गर्दा पनि कुनै चासो प्रतिनिधिहरुले नदिएको गुनासो गर्नुभयो।

Open Photo

 

विद्यार्थीहरुको भविष्य निर्माण नभई यहाँ अन्धकार तिर धकेल्ने काम स्थानीय सरकारले नै गरेको खुलासा स्थानीयहरुले पनि बताउँछन्। बेल्ही गाउँबाट नै उपाध्यक्ष समेत रहदा पनि यहाँको अवस्था यस्तो छ भने अब को माथि विश्वाश गर्ने भन्ने ब्यापक जन गुनासो समेत छ। बलान बिहूल गाउँपालिकाका अध्यक्ष दयानन्द गोईत आँफै अंग्रेजीमा एम.ए. सम्मको पढाई गर्नुभएको छ जसको कारण जनताले उहाँलाई आफ्नो अमूलय मत दिई चुन्नू भएको छ तर शिक्षामा कुनै परिणाम आएको छैन। दिनानुदिन यहाँको शिक्षाको अवस्था खस्किदै गैरहेको छ। अप्पन बेल्ही युवा क्लब द्वारा निरिक्षणमा गएको क्लबका अध्यक्ष रोशन यादव,कोषाध्यक्ष कुमरकान्त झा, सल्लाहकार ई.प्रदीप यादव सचिब बिजय यादवले सोमबार विद्यालय अनुगमन गरेका छन।

 

प्रतिक्रिया दिनुहोस

स्थानीय सरकार मौन, व ...

मुकेश यादव सिरहा पुष १६ । जनताको जीवन र जाडोको पीडासँग प्रत्यक्ष जोडिएको जिम्मेवारी बहन गर्नुपर्ने स ...

दलित बस्तीमा डोजर लग ...

सिराहा पुष १६ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१२ मा अवस्थित दलित बस्ती खाली गराउनका लागि ...

महिला सशक्तिकरण तथा ...

ओम प्रकाश यादव लहान पुष  १६ । महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना फैलाउने उद्देश्यसहि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१