मधेशटप डटकम कार्यालयको अर्थमन्त्री शाहले गरे उद्घाटन

  • असोज २२, २०७८
  • ६४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम असोज २२ गते । प्रदेश न. २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले मधेशटप डटकमको कार्यलय उद्घाटन गर्नुभएको छ । जानकी न्यूज नेटवर्क प्रा.लि द्वारा संचालित मधेशटप डटकम आजबाट दोस्रो वर्षमा प्रवेश गरेको छ । मधेशको कुरा लाई देशभर फैलाउनका लागि गत वर्ष २०७७ सालको दशैं दिन संचालन भएको मधेश डटकम १ वर्ष पूरा गरि दोस्रो वर्षमा प्रवेश गरेको हो । मधेशटप प्रदेश २ लगायत तराई मधेशको लोकप्रिय र विश्वासनीय अनलाइन पोर्टलको रूपमा स्थापित हुदैछ । जानकी न्यूज नेटवर्क प्रा. लि द्धारा संचालित मधेशटप डटकम समाचार र मनोरञ्जन मिश्रित अनलाइन हो । यस खुसीको अवसरमा जानकी न्यूज नेटवर्क प्रा.लिले दर्शक, पाठक तथा विज्ञापन दातालाई धन्यवाद ज्ञापन गर्नुभएको छ । मधेशटपले दर्शक पाठक तथा शुभेच्छुकबाट पाएको माया र सुझावको आधारमा अगाडि बढ्ने छन । तथ्यमा आधारित सन्तुलित पत्रकारिता गर्ने क्रममा मधेशटप डटकमलाई अझै प्रखर बनाइने मधेशटप डटकमका संचालक राजन झाले बताए । लक्ष्मीनियाँ गाउँपालिका ७ लक्ष्मीनियाँ बजार स्थित रहेको मधेशटप डटकम आगामी दिनमा पनि सत्य तथ्य र निश्पक्ष पत्रकारिताको क्षेत्रमा तपाईहरूसँगै हुनेछ । उपस्तितीमा प्रदेश न.२ का पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहा,जसपा नेपालका महोत्तरी जिल्ला सदस्य रबिन्द्र कुशवाहा,सामाजवादी विधार्थी युनियन मधेश प्रदेश समितिको उपाध्यक्ष शत्रुधन यादव समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

नवराजपुरमा विशेष धार ...

ओम प्रकाश यादव लहान फाल्गुन ०३ । सिराहा जिल्लाको नवराजपुर गाउँपालिका वडा नं. १ तामासुईयास्थित शिव मन ...

लहानका आरजे यादवलाई ...

फाल्गुन–०३, लहान। लहानका युवा प्रतिभा आरजे शियाराम यादवले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित AS ...

लहानमा अभिभावक दिवस ...

ओम प्रकाश यादव लहान,फाल्गुन ३ । लहान नमुना इङ्लिस बोर्डिङ स्कुल (लहान–४) र नेशनल एकेडमी (लहान& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१