ताजा समाचार

भारतीय सवारी साधन नेपाल आउने

  • असोज १५, २०७८
  • ९२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी / विजयनगर अठार महिनादेखि नेपालमा रोक लगाइएका भारतीय सवारी साधन भन्सार महसुल बुझाएर आउन पाउने भएका छन्। यो सुविधा शुक्रबारदेखि भारतीय यातायात व्यवसायीले पाउने भएका हुन्। कोभिड-१९ को पहिलो लहर २०७६ साल चैत १ गतेदेखि नेपाल-भारत सीमा पानीट्यांकी नाकाबाट अत्यावश्यकबाहेक भारतीय सवारी साधन नेपाल प्रवेश गर्न पाएका थिएनन्। यो नियम दुबै देशहरूका अधिकारीले १८ महिनादेखि पालना गरेका थिए। भारतीय नम्बर प्लेटका सवारी साधन भन्सार महसुल बुझाएर निर्वाध रुपमा नेपालमा घुम्न पाउने मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ। भारतीय सवारीहरुको प्रवेश नहुँदा ब्यापार चौपट भएको भन्दै यसमा अब भन्सार मात्र बाधक देखिएको छ । सिमाना खोलेर भारतीय पर्यटकहरुलाई सहज रुपमा आवतजावत गर्ने वातावरणको सृजना गर्न होटेल तथा पर्यटन ब्यवसायी संघ, पर्साले आवाज उठाउँदै आएको छ l

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढीमा बेपत ...

ओम प्रकाश यादव लहान, असोज १२ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा बेपत्ता भएका सखुवानन्का ...

डाँका, ज्यान मार्ने ...

ओम प्रकाश यादव लहान, असोज १२ । जिल्ला सिरहामा डाँका, ज्यान मार्ने उद्योग, लागूऔषध, हातहतियार खरखजाना ...

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤