ताजा समाचार

सखुवानन्कारकट्टीमा पालिकास्तरीय नागरिक अधिकार मञ्च गठन

  • असोज १३, २०७८
  • ९३६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान १३ असोज । सामाजिक रुपान्तरणको लागि जनबोली सरोकारवाला निकायसम्म पुरयाउँन सखुवान्नकारकट्टीमा आज पालिकास्तरीय नागरिक अधिकार मञ्च गठन गरिएको छ । नेपाल पत्रकार महासँघका केन्द्रीय परिषद सदस्य तथा मधेश मिडिया मिशन नेपालका अध्यक्ष दिनेश्वर गुप्ताका प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा सखुवानन्कारकट्टीका प्रत्येक वडास्तर समिति गठनको लागि पाँच जना वडा संयोजकत्व समेत तोकिएको नागरिक अधिकार मञ्चका मो.रहमुलले जनाएका छन् । स्थानीय शिक्षक रामदेव साहका सभाध्यक्षतामा भएको सो कार्यक्रममा मो.रहमुल, योगेन्द्र झा, काशिन्द्र यादव, भगवती पौडेल, उषा कर्णलगायतले मन्तव्य राख्नुभएका थिए । सो भेलाले अध्यक्षमा काशिन्द्र यादव, उपाध्यक्ष उषा कर्ण, सचिव भगवती पौडेललगायत २५ सदस्य समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤