Siraha Times
ताजा समाचार

गोलबजार नगरपालिका नमुना कामकाज गरेर नगरवासीको मन-जित्न सफल

  • असोज ११, २०७८
  • १३०६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान।११ असोज सिराहाको गोलबजार नगरपालिकामा धेरैजसो नमुना काम भएको नगरपालिकाका सुचना अधिकारी दिनेश सहनीले जानकारी गराएका छन। शिक्षा , स्वास्थ्य , सडक , सिचाई ,भौतिक पुर्वाधार जस्तोलाई प्राथमिकतामा राखेर विकास गरिएको नगर प्रमुख देवनाथ साहको भनाई छ। चालु आर्थिक वर्षमा उल्लेखनीय कामकाजहरू भएको अनुमान लगाउन सकिन्छ।विकास र समृद्धिका निम्ति नगरपालिका कहिल्यै पनि पछि नहट्ने मेयर साहले अभिव्यक्ति दिनु भएको छ। विकासले अबको केही दिनमा समृद्धिको पहिचान निहित अनुभुती साथै यसको पाठ सिकिएको देखिन्छ । नगरपालिकाले अहिले सम्पूर्ण स्थानीयहरुको मन जित्न सफल रहेको देखिएको हो ।

नगरपालिकाको मुख्य योजनाहरु तर्फजस्तै :-

-कोभिड अस्पताल निर्माण

-नगरपालिकाको भवन निर्माण

-अधुरो कभर्ड हल निर्माण

-खानेपानी बोर्डिङ्ग जडान- ४५ थान

-सिचाई बोर्डिङ्ग जडान -१८५ थान

-सामुदायिक भवन निर्माण : जम्मा ११

-विद्यालय भवन ९ वटा

-कालो पत्रे सडक ७ ओटा

-आर सिसि ढलान सङ्ख्या १५

-गुम्बा निर्माण २ ओटा

-स्वास्थ्य चौकी भवन १ ओटा -वडा कार्यालय भवन निर्माणमा थप कार्य जम्मा ४

-कलभर्ट निर्माण ६ थान

-एकीकृत खेलग्राम निर्माण -१

-विद्यालयमा (आई सि टी) प्रयोगशाला जम्मा २ थान।

योसँगै भौतिक पुर्वाधार तथा अन्यहरु जस्तै :-

नाला , नदि-तटबन्ध , सिसिटिभी जडान , बोर्डिङ्ग , सडक कालोपत्रे ,सडक ग्राभेल जस्तो विकासका मेरुदण्ड मानिएका पुर्वाधारहरुलाई खुलेर विकास गरिएको देखिन्छ ।अहिले सम्म नगरपालिकाले गरेको कामहरु समृद्धि निहित रहेको मेयर साहले बताएका छन। अबको केही दिनमा सिरहा जिल्लाको एउटा नमुना नगरपालिका गोलबजार नगरपालिका रुपमा स्थापित हुने भन्नुभएको हो । जनताको मतलाई आत्मसात गर्दै नगरपालिकाका सम्पूर्ण कर्मचारी , जनप्रतिनिधिहरु जनताको इच्छा र चाहना विरुद्ध कुनै असुहाउँदो कार्य नगरेको मेयर देवनाथ साहले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस

​सिराहाको विष्णुपुरक ...

विनोद अविरल,​सिराहा, ३ आषाढ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १२ स्थित विष्णुपुरकट्टी टोल ...

बेबी एन्जल माध्यमिक ...

लहान, असार ३। सिरहाको लहान नगरपालिका–४ स्थित बेबी एन्जल माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३/ ...

ट्राफिक सप्ताह २०८३ ...

ओम प्रकाश यादव लहान, असार ३ । सिरहाको लहानमा जिल्ला ट्राफिक कार्यालय सिरहाको आयोजनामा तथा लहान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१