Siraha Times
ताजा समाचार

सिरहाको नवराजपुर गाउँपालिकामा कामै नगरी लाखौ रकम निकासा

सिरहाको नवराजपुर गाउँपालिकाकामा कर्मचारी र जनप्रतिनिधिको मिलोमतोमा कामै नगरी ठुलो रकम भुक्तानी

  • असोज ११, २०७८
  • १३६० पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान , ११ असोज - सिरहाको नवराजपुर गाउँपालिकामा कामै नगरी लाखौ रकम निकासा लभएको दावी गरिएको छ । प्रदेश सरकारको सशर्त अनुदान अन्तर्गत दुईटा योजनाको रकम कर्मचारी र जनप्रतिनिधिको मिलोमतोमा कामै नगरी भुक्तानी गरिएको नवराजपुर गाउँपालिकाका जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ता र स्थानीयहरुद्वारा उक्त रहस्य बाहिरिएको हो । गत आर्थिक बर्ष २०७७/०७८ मा राम जानकी दलित आधारभुत विधालय मझौराको निर्माणाधीन अधुरो भवन निर्माणका लागि १५ लाख रुपैया प्रदेश सरकारको सशर्त अनुदानबाट छुट्टयाईएको थियो , कामै नगरी सो रकम भुक्तानी गरिएको स्थानीय नवराजपुर गाउँपालिका वडा नम्बर - २ का सोतिराम यादवले बताए ।

Open Photo

त्यस्तै सोही आर्थिक बर्षमा नवराजपुर गाउँपालिका वडा नम्बर - २ को ( मझौरा हुँदै बरगाही देखि पटना सम्म ) माटो र ग्राभेल कामका लागि २० लाख रुपैया छुट्टयाईएकोमा उक्त योजनाको पनि उपभोक्ता समितिले कामै नगरी बिल भरपाई मिलान गरी मिलोमतोमा रकम निकासा गरेको जनता समाजवादी पार्टी नवराजपुर गाउँपालिका गाउँ कमिटिका अध्यक्ष शिवउदगार यदव (शिवा) ले दावी गरे । माटो र ग्राभेलको रकम निकासा गत आर्थिक बर्ष मै भयो, तर माटो सम्याउने काम हाल भैरहेको छ , कानुनमा काम गरेपछी मात्र भुक्तानी दिने प्रावधान रहेपनि फर्जि बिल भरपाई बनाई गत आर्थिक बर्षमै पैसा निकासा गर्नु र हाल काम गर्नु कानुनी अपराध भएको यादवको ठहर छ ।

Open Photo

उक्त अपराधमा कर्मचारी देखि जनप्रतिनिधि सबैको मिलोमतो छ भन्दै यादवले भने ,– गाउँपालिकामा सोचे जस्तो विकास हुन सकेको छैन् ‘कारण’ जनप्रतिनिधि र कर्मचारीहरु स्वार्थ र भ्रष्टाचारमा लिप्त भएको छ ,यहाँका जनताले विकासको अनुभुती पाएका छैन , यहाँ हरेक निर्माणको कार्यमा भ्रष्टाचार छ , यादवले सुनाए । यी दुईटा योजनाको बिस्तृत जानकारी लिन गाउँपालिकामा लिखित रुपमा सुचना माग गर्दा निवेदनमा प्रसाशकिय अधिकृतले तोक लगाए पनी गाउँपालिकाका दर्ता फाटका कर्मचारीले निवेदन दर्ता गर्न नमानेको अध्यक्ष यादवले दु:खेसो पोखेका छन् । यता नवराजपुर गाउँपालिका वडा नम्बर - २ को ( मझौरा हुँदै बरगाही देखि पटना सम्म माटो र ग्राभेलको कामको उपभोक्ता समिति अध्यक्ष जिवछ कुमार यादवले कामै नगरी बिल भरपाई पेश गरेर गाउँपालिकाबाट पैसा निकासा गरिसकेको स्वीकार गरेका छन् । असारमा मसान्त थियो, काम गर्न खोजे ,बर्षाले काम गर्न दिएन ,पैसा फ्रीज नहोस भनेर एक जना वडा अध्यक्षको आग्रहमा गाउँपालिकामा बिल भरपाई पेशगरी रकम निकासा गरेको उनले सुनाए । करिब १० लाखको काम भैसकेको छ , बाकी रहेको पैसा हामी कसैको ब्यक्तिगत खातामा राखेको छु, काम हुन्छ , ढुक्क हुनुस , उपभोक्ता समितिको अध्यक्ष यादवको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१