लहान ३ मा नागरिक अधिकार मञ्च गठन

  • असोज १०, २०७८
  • ६७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान, १० असोज । जनआवाजलाई बुलन्दीका साथ सत्यतथ्य सूचना सार्वजनिक गर्न लहान ३ मा वडास्तरीय नागरिक अधिकार मञ्च असोज ९ गते गठन गरेको छ । मो.सलाम अन्सारीका संयोजकत्वमा १५ सदस्य अधिकार मञ्च गठन भएको छ । सो समितिका सदस्यहरु विनोद साह, वैद्यनाथ पासमान, गंगानाथ झा, रिन्कुकुमारी महतो, विजयकुमार महतो, प्रमोदकुमार महतो, देवकुमार महतो, आशाराम कामैत, कपिलदेव कुशवाहा, बह्मदेव महतो, हेमशंकर कामैतलगायत १५ सदस्य समिति गठन गरिएको छ । सल्लाकारमा रामदयाल महतो, चन्द्रनारायण महतोलगायतका छन् । मधेश मिडिया मिशन नेपाल तथा नेपाल पत्रकार महासँघका केन्द्रीय परिषद सदस्य दिनेश्वर गुप्ता, नागरिक अधिकार मञ्च लहान सिरहाका अध्यक्ष मो.रहमुलका विशेष उपस्थितिमा सो समिति गठन भएको छ । यसैबीच महेशवारीमा असोज १२ गते नागरिक अधिकार मञ्च गठन गर्न सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

नाई–ठाकुर समुदायका ल ...

बिसुनदेव सरदार सिराहा/ ३ भदौ ।  मधेस समाजका विभिन्न वर्ग र समुदायबीच आफ्नो पहिचान, अधिकार र सम् ...

वीरगंजको इनर्वागाउँ ...

रंजित चौरसिया / वीरगंज ३ भदौ । मुलूककै आर्थिक नगरीको रुपमा परिचित वीरगंजको इनर्वागाउँ तस्करीको हब बन ...

सखुवानन्कारकट्टीमा क ...

लहान । सिरहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका १ कटैयामा रहेको भी जनचेतना कृषि सहकारी संस्था लिमि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१