Siraha Times
ताजा समाचार

लहानमा लैङ्गिक हिंसा न्यूनीकरण गर्न ओरेक नेपालद्धारा सरोकारवाला संग अन्तरक्रिया

  • असोज ८, २०७८
  • ९२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ७ असोज - लैङ्गिक हिंसा न्यूनीकरण गर्न ओरेक नेपालद्धारा सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छन। बिगत २० बर्ष अगाडि देखि सिरहामा ओरेक नेपालले विभिन्न निकाय र सरोकारवाला संग को समन्वय र सहकार्यमा विभिन्न अभियान मुखी कार्यक्रमहरु संचालन गर्दै आएका ओरेक नेपालकी केन्द्रिय सदस्य श्याम कुमारी साहले जानकारी दिनु भयो। सिरहा जिल्लाको विभिन्न स्थानीय तहमा प्रत्यक्ष रूपमा महिला हिंसा विरुद्धको अभियान जिल्ला भरी नै संचालन गर्दै आएका छन्।ओरेक परियोजना सिरहाले महिलाहरुको क्षमता बिकासको लागी सहजीकरण, महिला,युवा किशोरी, बाल कृषक समुहहरु गठन तथा परिचालन,हिंसा प्रभावितहरुको लागी कानुनी सेवा लगायतका दर्जनौं सेवा र सहयोग गर्दै आएका छन्। सिरहामा ओरेक परियोजनाले २०७७ पुष देखि २०७८ भदौ सम्ममा १२८ वटा महिला हिंसाको घटना अभिलेखिकरण भएका छन। जस् मध्ये १४५ जनालाई मनोबिमर्श सेवा प्रदान गरीएका छन्। घरेलु हिंसा ६९ जना, बल्तकार १२ जना, बलात्कारको प्रयास ३ जना,यौन दुव्र्यवहार ८ जना,आत्महत्या १ जना छुवाछूत १ जवर्जति १जना लगायतका घटना सरोकारवाला र संचारकर्मीहरुसंग सम्बाद कार्यक्रममा सार्बजनिक गरेका छन् । उक्त अन्तरक्रिया कार्यक्रममा ईलाका प्रहरी कार्यालय लहानका डिस्पी डा. तपन दाहालका अनुसार आफु जतिसुकै राम्रो काम गरे पनी आरोप प्रति आरोप लाग्ने गरेको छ। सिरहाको लहानमा गुटबन्दी र बिचोलीयाहरु निकै नै फस्टाएको बताए। गलत ब्यक्तीलाई कानुनी कार्बाही हुनैपर्ने बताए। गाउँ गाउँ बस्ती बस्तीमा प्रहरीको पहुँच होस भने मेरो बुझाई छ यसलाई राजनीति मुद्दा नबनाउन आग्रह गरेका थिए। हामीले गरेको कति पैई कामहरु संन्तोष पुर्ण छैन होला बाकी मिलेर काम गर्न प्रतिबधता व्यक्त गरेका थिए। ओरेक नेपाल की केन्द्रिय सदस्य तथा महिला अधिकारकर्मि श्याम कुमारी साहकी अनुसार हाम्रो समाजमा खासगरी समस्या जौको तौ नै रहेको बताए । उनी २० बर्षको अनुभव सुनाउदै समय बिते पनि समस्या जौको तौ नै रहेको बताए।अपराधी लाई डन्डीत गर्न पाउदा खुशी नै हुन्छौं भन्दै कार्यक्रमको समापन गरेका थिए।

प्रतिक्रिया दिनुहोस

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

इलाका प्रहरी कार्याल ...

कृष्णानगर, असार ७ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मी बाट ख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१