सप्तरीको बलानबिहुल गाउँपालिका ठुलो लगानीमा कार्यालय भवन निर्माण

  • असोज १, २०७८
  • १११९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार लहान।असोज १ गते। सप्तरी जिल्लाको कान्छो गाउँपालिका भनेर चिनिने बलानबिहुल गाउँपलिकाले नव निर्मित भवनका लागि ठूलो रकम खर्चेर कार्यपालिका भवन निर्माणका लागिएको देखिन्छ । जनताको कामकाजलाई कदर गर्दै सहज बनाउनका लागि भवन निर्माण गरिएको पालिका अध्यक्ष दयान्नद गोइतले जानकारी गराए। नव निर्मित भवनको कुल लागत २ करोड ४८ लाख रहेको छ भने असार १५ गतेबाट ठेक्का लिएका अन्सुमान एण्ड एसोसिएसन प्रा. लि. , नाइरा जे. भी. कन्स्ट्रक्सन प्रा. लि. का संचालक अन्सुमान नाइरा जे. भी. माघ सम्ममा सम्पन्न हुने गरी काम गरिएको जानकारी प्राप्त भएको हो । गाउँपालिका अध्यक्ष दयान्नद गोइत र उपाध्यक्ष रुबी गुप्ता पालिकामा नमुना र गुणस्तरीय काम भएको बताएका छन।

Open Photo

अहिले ४० प्रतिशतको घरमा स्वच्छ खानेपानी , वडाहरुमा आर सी सी ढलान , नमुना विद्यालय , अस्पताल , कृषि जस्ता हरेक पक्षमा सफलता पाइएको उपाध्यक्ष रूबी गुप्ताले आफ्नो बिचार प्रस्तुत गरेकीछिन । दुर्गम पालिकाबाट अहिले सुग्म पालिका बनाइ दिइएका छन।जस्तोकि शिक्षा , स्वास्थ्य , सडक , कृषि खानेपानी जस्ता मा विशेष पहल गरिएको बताउनु भएको छ। पालिकाम जम्मा ६ वटा वडाहरु रहेका छन:- वडा न.१ मलहनिया , २ चनही , ३ मोहा , ४ बेल्ही , ५ रामनगर , ६ रोढर गाउँहरु पर्दछन।

 

प्रतिक्रिया दिनुहोस

लहानमा ट्राफिक सचेतन ...

लहान, माघ ८। “सडक दुर्घटना विरुद्ध युवा अभियान २०८२” कार्यक्रम अन्तर्गत हिजो माघ ०७ गते ...

रास्वपाबाट टिकट नपाए ...

उमेश कुमार साह बोदे बर्साईन । सप्तरी क्षेत्र नम्बर–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ...

लागु औषध विरुद्धको स ...

लहान, ०८ माघ । लागूऔषधको बढ्दो दुर्व्यसन नियन्त्रण गर्दै युवालाई सकारात्मक बाटोमा डोर्‍याउन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१