Siraha Times
ताजा समाचार

सप्तरीको बलानबिहुल गाउँपालिका ठुलो लगानीमा कार्यालय भवन निर्माण

  • असोज १, २०७८
  • १२६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार लहान।असोज १ गते। सप्तरी जिल्लाको कान्छो गाउँपालिका भनेर चिनिने बलानबिहुल गाउँपलिकाले नव निर्मित भवनका लागि ठूलो रकम खर्चेर कार्यपालिका भवन निर्माणका लागिएको देखिन्छ । जनताको कामकाजलाई कदर गर्दै सहज बनाउनका लागि भवन निर्माण गरिएको पालिका अध्यक्ष दयान्नद गोइतले जानकारी गराए। नव निर्मित भवनको कुल लागत २ करोड ४८ लाख रहेको छ भने असार १५ गतेबाट ठेक्का लिएका अन्सुमान एण्ड एसोसिएसन प्रा. लि. , नाइरा जे. भी. कन्स्ट्रक्सन प्रा. लि. का संचालक अन्सुमान नाइरा जे. भी. माघ सम्ममा सम्पन्न हुने गरी काम गरिएको जानकारी प्राप्त भएको हो । गाउँपालिका अध्यक्ष दयान्नद गोइत र उपाध्यक्ष रुबी गुप्ता पालिकामा नमुना र गुणस्तरीय काम भएको बताएका छन।

Open Photo

अहिले ४० प्रतिशतको घरमा स्वच्छ खानेपानी , वडाहरुमा आर सी सी ढलान , नमुना विद्यालय , अस्पताल , कृषि जस्ता हरेक पक्षमा सफलता पाइएको उपाध्यक्ष रूबी गुप्ताले आफ्नो बिचार प्रस्तुत गरेकीछिन । दुर्गम पालिकाबाट अहिले सुग्म पालिका बनाइ दिइएका छन।जस्तोकि शिक्षा , स्वास्थ्य , सडक , कृषि खानेपानी जस्ता मा विशेष पहल गरिएको बताउनु भएको छ। पालिकाम जम्मा ६ वटा वडाहरु रहेका छन:- वडा न.१ मलहनिया , २ चनही , ३ मोहा , ४ बेल्ही , ५ रामनगर , ६ रोढर गाउँहरु पर्दछन।

 

प्रतिक्रिया दिनुहोस

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

रसुवा बाढीमा खडकका ९ ...

ओम प्रकाश यादव लहान भदौ २८ । भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीले सप्तरीको खडक नगरपालिकाका परिवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१