जनता समाजवादी पार्टीको कमिटी गठन कार्य सम्पन्न

  • असोज १, २०७८
  • ६७४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल ,असोज १ । नगरमा युवा नेता दिलीप लामा राजनीतिक छलफलमा व्यस्त भएका छन् । नेकपा एमालेका लाल किल्ला भनेर चिनिएका साविक गाउँविकास समिति विष्णुपुरकट्टी ३ तथा हाल धनगढीमाई १४ खुट्टी खोलाको सोमबारे बस्तीमा जनता समाजवादी पार्टीको अाम भेला सम्पन्न भएको छ । जनता समाजवादी पार्टीका यूवा नेता दिलीप लामाकाे अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि माननीय विजय कुमार यादव लगायत जिल्लाका बरिष्ट नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा १७ सदस्य वडा कमिटी गठन भएको छ । खुटी खोलाको सोमबारेमा आयोजित कार्यक्रममा धनगढी माई १४ को वाडा सदस्य हिरादेवि मगरले एमाले पार्टी परित्याग गरी जनता समाजवादी पार्टीमा प्रवेश गर्नु भएको छ । सयौ अाम मानिसको उपस्थितिका बीच आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेता तथा कार्यकर्ता हरु यस पार्टीमा प्रवेश गरेका थिए जहाँ टीका लगाएर माननीय विजय कुमार यादवले नव प्रवेशीलाई अबिर लगाएर स्वागत गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सहिद आमाको संघर्ष र ...

ओम प्रकाश यादव लहान, पुस १२। उहाँलाई पहिलो नजरमै देख्दा खुसमन्द, सरल र कोमल मन भएकी महिला जस्तो लाग् ...

मधेश प्रदेश सभामुख ...

ओम प्रकाश यादव लहान, पुष ११ । मधेश प्रदेश सभाको गरिमामय सभामुख पदमा नवनियुक्त माननीय राम अशिष यादवले ...

पुस १५ गतेलाई राष्ट् ...

काठमाडौं । सरकारले पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसका रूपमा मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१