सशस्त्र प्रहरी उपरीक्षक खडकालाइ पैसाको लोभमा पारी उत्कृष्ट प्रहरीमा नाम निकाल्न सफल भए थापा

  • भदौ २९, २०७८
  • १००७ पटक पढिएको
  • रामएकवाल राम
alt

रन्जित चौरसिया वीरगंज २९ भाद्र । प्रहरी संगठनमा राम्रो काम कारवाही गर्न सफल हुने प्रहरीहरूलाई उत्कृष्ट प्रहरीमा सम्मान गर्न हुन प्रावधान रहेपनी पर्सा जिल्लामा पैसाको भरमा उत्कृष्ट प्रहरीमा सम्मान हुँदै आएको एक घटनाले उजागर पारेको छ । सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीका प्रमुख डिआइजि चन्द्र प्रकाश गौतमको आदेशले पर्सा जिल्लाको सीमा नाकाहरूमा कडाइ हुनासाथ सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाले आफ्नो कमाइ धन्दाको रूपनै फेरेका हुन ।

सशस्त्र प्रहरी बल १३ नम्बर गणमा उत्कृष्ट प्रहरी हुने प्रहरी सङ्ग खेलवाड गर्दै आफ्नो नजिकको प्रहरीलाई उत्कृष्ट गरिएको एक प्रहरीले जनाएका छन । सशस्त्र प्रहरीमा आफ्नो इमान्दारिताले मुलूकको राजस्वमा वृद्धि गर्नुको साथै लागू औषध, हातहतियार पक्राउ गर्ने प्रहरीलाई उत्कृष्ट प्रहरीमा सम्मान गर्नु पर्ने हो तर केही पैसा सशस्त्र प्रहरी उपरीक्षक खडकालाइ दिनसाथ उत्कृष्ट प्रहरीमा सम्मान हुने गरेको एक प्रहरीले आफ्नो नाम गोप्य राख्ने सर्तमा बताए ।

बिरगंज भन्सारमा चौथो पटक जान सफल भएका सशस्त्र प्रहरी सहायक निरीक्षक तिलक थापाले उत्कृष्ट प्रहरी बापत एसपी साबलाइ १ लाख रूपैया नजराना बुझाएको श्रोतले बताए । उत्कृष्ट प्रहरी हो भन्दै आफ्नो माथिल्लो निकायलाइ झुक्याउदै पुन: चौथो पटक भन्सार पठाइएको बताइन्छ । बिरगंज भन्सारमा गएका सशस्त्र प्रहरी सहायक निरीक्षक तिलक थापा उक्त नाकाबाट सशस्त्र प्रहरी उपरीक्षक खडका र सशस्त्र प्रहरी निरीक्षकको नामबाट मासिक लाखौ रूपैया उठाइ आकाहरूलाइ पुर्याउदै आएको बताइन्छ ।

बिरगंज भन्सारबाट रकम उठाउनको निम्ति सिपालु रहेका थापालाइ पुन: बिरगंज भन्सारमा पुर्याइएको छ । तर इमान्दारिता पूर्वक कार्य गर्ने अर्को सशस्त्र प्रहरीका कर्मचारी सङ्ग खेलवाड गर्दै सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका आफ्नो मनोमानी पाराले केही पैसाको लोभमा परि उत्कृष्ट प्रहरी हुनेहरूलाई सम्मान नगरी आफ्नो आसेपासेलाइ उत्कृष्ट बनाउनु दुर्भाग्यको बिषय बनेको छ ।

यता यस बिषयमा सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका सङ्ग बुझन खोज्दा सम्पर्कमा आउन चाहेन्न । यस्ता यस्ता क्रियाकलाप भइरहदा सामबन्धित अथवा माथिल्लो निकायको मौनताले ठूलो प्रश्ण चिन्ह खडा गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सुशीला कार्कीलाई प्र ...

काठमाडौँ । अन्तरिम सरकार गठनको तयारीलाई लिएर प्रमुख दलबीच प्रारम्भिक सहमति बने पनि संसद् विघटनको विष ...

सामाजिक सञ्जाल बन्दक ...

ओम प्रकाश यादव लहान भदौ २२ । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेको चर्चा बीच यसको सम्भावि ...

वैश्य समाजको लागि सच ...

बिरेन्द्र प्रसाद नेपाल लहान, भदौ १८ । कमलापुरी वैश्य (बनिया) समाज नगर कार्यसमिति, लहानले हिन्दू धर्म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१