लिलामी खैनी र चिनी बील देखाएपछि छाडियो

  • भदौ २८, २०७८
  • १७८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान, २८ भदौ । गरिखान पनि नदिने भए । राती माल ढुवानी गर्दा लहानमा प्रहरीले रोके । वील भर्पाईसहित भन्सारको लिलामी कागजात प्रहरीलाई देखाएपछि अनि मात्रै छाडेको अमित साहले बताए । ठाडी भन्सारले लिलाम गरेको खैनी लहान हुँदै सप्तरीको सुरुँगा नगरपालिका लैजाने क्रममा लहान प्रहरीले नियन्त्रणमा लिएका थिए । योसँगै खरिद गरिएको चिनीको बील र भन्सार कार्यालय ठाडीले लिलाम गरेको भन्सारको कागजात देखाएपछि सो मालसमान प्रहरी छाडेको हो । चिनीमा कर विजक लक्ष्मी किराना जेनेरल स्टोर लहान ८ सिरहाको बीलमा आशिष जेनेरल स्टोरको नाममा ५७ बोरा चिनी रहेको छ । त्यसैगरी ठाडी भन्सारले लिलाम गरेको कागजातसहित धरौटी रसिद प्रहरीमा पेश गरेको छ । ईलाका प्रहरी कार्यालय लहानका अनुसार राती गरी समान ढुवानी गर्दा आशंका लागेर नियन्त्रणमा लिएका थिए । तर, सम्बन्धितपक्षले खैनी र चिनीको लिलामी कागजातसहित बील देखाएपछि छाडिएको हो । यसमा व्यापारीलाई दुःख दिने कुनै किसिमको कार्य नभएको र आशंका लागेपछि चेकजाँच गर्न पाउँनुपर्छ । प्रहरीले आफ्नो कर्तव्य निभाएको हो ।

No description available.

प्रतिक्रिया दिनुहोस

नाई–ठाकुर समुदायका ल ...

बिसुनदेव सरदार सिराहा/ ३ भदौ ।  मधेस समाजका विभिन्न वर्ग र समुदायबीच आफ्नो पहिचान, अधिकार र सम् ...

वीरगंजको इनर्वागाउँ ...

रंजित चौरसिया / वीरगंज ३ भदौ । मुलूककै आर्थिक नगरीको रुपमा परिचित वीरगंजको इनर्वागाउँ तस्करीको हब बन ...

सखुवानन्कारकट्टीमा क ...

लहान । सिरहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका १ कटैयामा रहेको भी जनचेतना कृषि सहकारी संस्था लिमि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१