Siraha Times
ताजा समाचार

लिलामी खैनी र चिनी बील देखाएपछि छाडियो

  • भदौ २८, २०७८
  • १९६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान, २८ भदौ । गरिखान पनि नदिने भए । राती माल ढुवानी गर्दा लहानमा प्रहरीले रोके । वील भर्पाईसहित भन्सारको लिलामी कागजात प्रहरीलाई देखाएपछि अनि मात्रै छाडेको अमित साहले बताए । ठाडी भन्सारले लिलाम गरेको खैनी लहान हुँदै सप्तरीको सुरुँगा नगरपालिका लैजाने क्रममा लहान प्रहरीले नियन्त्रणमा लिएका थिए । योसँगै खरिद गरिएको चिनीको बील र भन्सार कार्यालय ठाडीले लिलाम गरेको भन्सारको कागजात देखाएपछि सो मालसमान प्रहरी छाडेको हो । चिनीमा कर विजक लक्ष्मी किराना जेनेरल स्टोर लहान ८ सिरहाको बीलमा आशिष जेनेरल स्टोरको नाममा ५७ बोरा चिनी रहेको छ । त्यसैगरी ठाडी भन्सारले लिलाम गरेको कागजातसहित धरौटी रसिद प्रहरीमा पेश गरेको छ । ईलाका प्रहरी कार्यालय लहानका अनुसार राती गरी समान ढुवानी गर्दा आशंका लागेर नियन्त्रणमा लिएका थिए । तर, सम्बन्धितपक्षले खैनी र चिनीको लिलामी कागजातसहित बील देखाएपछि छाडिएको हो । यसमा व्यापारीलाई दुःख दिने कुनै किसिमको कार्य नभएको र आशंका लागेपछि चेकजाँच गर्न पाउँनुपर्छ । प्रहरीले आफ्नो कर्तव्य निभाएको हो ।

No description available.

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१