Siraha Times
ताजा समाचार

अपाङ्गलाई राहत सहयोग गर्न नडेगा पुगेका नेता चौधरीलाई स्थानीयद्धारा भब्य स्वागत

  • भदौ २८, २०७८
  • ७९२ पटक पढिएको
  • रामएकवाल राम
alt

महेश सिंह सिरहा लहान २८ भदौ - स्वर्गीय संगिता कर्माचार्य स्मृति प्रतिस्ठान लहानद्धारा लहान नगरपालीका वडा नम्बर १९ स्थित नडेगामा ३० जना अपाङ्ग, अशक्त ब्यक्तीहरुलाई नेपाली काङ्ग्रेसका नेता तथा समाज सेबी महेश चौधरीले राज्यबाट अपहेलित समुदायलाई सहयोग गर्न लहान १९ पुगेका थिए ।

नेता चौधरीलाई लहानको मेयर बनाउनु पर्ने चर्चा ब्यापक रूपमा हुन् लाग्दा राज्यबाट सोसित अपहेलित र न्यायको लागी दमनमा परेका समुदायले नेता चौधरीले आउने चुनावमा लहान नगरपालीकाको मेयर बन्छ भने कुरा दलित र गरीबहरुले सुन्दा खुशी व्यक्त गरेका छन्। कोरोना कालदेखि नै राहत सहयोग गरेर एकासी चर्चा बटुलेका नेता चौधरीले समाजसेवा गर्दा गर्दै जिबन साथी तथा श्रीमती गुमाएका थिए।

नेता चौधरी र स्वर्गीय संगिता कर्माचार्यकी अन्तिम सपना पनी समाज सेवा नै रहेको थियो।ज्यानको प्रवाह नगरी कोरोना जस्तो महामारीमा राहत सहयोग गर्न गरीब र दिन दुखीको लागि घर घर पुगेर राहत सहयोग गरेका थिए। समाज सेवामा लागेका नेता चौधरीले निरन्तर सहयोगमा होमिएका छन्। समाज सेवा गर्दा गर्दै नजिकका दुई जना गुमाएको कुरा पत्रकार संग सुनाएका थिए। नेता चौधरीले अशक्त, अपाङ्गहरुलाई राहत दिन लहान नगरपालीका १९ नडेगा पुगेका चौधरीलाई स्थानीय शत्रुधन महतो, प्रदीप नारायण महतो,आरती सिंह लगायतका ब्यक्तीहरुले चौधरी संग राहतलिएर गरेका ब्यक्तीहरुलाई फुलको माला अबिरको टिका र गम्छा लगाएर सम्मान गरेका थिए।

विभिन्न राजनीति दलका ब्यक्तीहरुले नेता चौधरीलाई सहयोग गरेका थिए।राहतमा चामल दाल नुन तेल लगायतका सामाग्री सहयोग गरेका हुन्।अशक्तहरुले राहत पाउदै खुशी ब्यक्त गरेका थिए।उक्त कार्यक्रममा सिरहाको दर्जनौं पत्रकारहरुको सहभागीता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१