Siraha Times
ताजा समाचार

सिरहा नगरपालिकाका मेयर उपमेयर लगायतले एक वर्षमै बुझे ६६ लाख बैठक भत्ता

  • भदौ २८, २०७८
  • १३०७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

भदौ २७ गते ।सिरहाको सिरहा नगरपालिका मेयर उपमेयरसहित जनप्रतिनिधि र कर्मचारीलले एकवर्षमै ६६ लाख बढी बैठक भत्ता बुझेका छन् ।मेयर अशेश्वर प्रसाद यादव र उपमेयर नमिता यादव लगायत जनप्रतिनिधि र कर्मचारीले आर्थि वर्ष २०७६।०७७ मा ६६ लाख ४२ हजार बैठक भत्ता बुझेको महालेखापरीक्षको ५८ औं प्रतिवेदनमा उल्लेख छ ।स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन २०७५ को दफा ४ मा न्यायिक समितिको बैठकहरुमा भत्ता लिन पाउने स्पष्ट व्यवस्था छैन ।यधपि जनप्रतिनिधि र कर्मचारीले कानुन विपरीत बैठक भत्ता बेझेको महालेखापरीक्षकको प्रतिवेदनमा जनाइएको छ ।
वर्ष भरिमा कार्यपालिकाको १७ पटक भएको बैठकमा भत्ता ६ लाख २२ हजार, वडा समितिको बैठक भत्ता मासिक ३ पटक ५५ लाख ४४ हजार रुपैयाँ बुझेका छन् ।यस्तै नगरसभा संचालन २ दिनको ३ लाख ६० हजार, नगरसभा सदस्यलाई यातायात खर्च २ दिनको १ लाख २० हजार रुपैयाँ गरी ६६ लाख ४२ हजार बुझेका हुन् ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१