ताजा समाचार

गोलवजार नगरपालिकाले प्रकाशित गरेको सुचना प्रती पत्रकारहरुद्वारा आपत्ती

  • भदौ २७, २०७८
  • १५५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान , २७ भदौ । सिरहाको गोलवजार नगरपालिकाद्वारा राजधानी दैनिक पत्रीकामा प्रकाशित गरेको एक सूचनाको व्यापक रुपमा जिल्लाको पत्रकारहरुले आलोचना गरिरहेको छ । प्रकाशित गरेको सुचना हेर्दा मिडिया हाउसको सेटिङ्गमा स्थानीय तहमा झन भ्रष्टाचार बढने खतरा देखिएको छ । नगरपालिकाको कर्मचारी र जिल्लाका केही पत्रकारको सेटिङ्गमा उक्त सुचना प्रकाशित गरिएको पत्रकारहरुको ठहर छ । मिडिया स्वतन्त्र हो `तर´ एक बर्षे बिज्ञानपन स्वीकृतका लागि दरभाउ पत्र पेशगर्नु पर्ने प्रकाशित भएको सूचना पालिकाले अबैध कार्यमा सहमती जनाउनु पर्ने बाध्यात्मक परिस्थिति जस्तो भएकोले त्यसको समाजिक संजालमा व्यापक रुपमा टिक्का टिप्पणी भैरहेको छ ।

Open Photo

यस्ता सुचनाले ( कुनै एक ...... राष्ट्रिय दैनिक पत्रीका ) ले स्थानीय तहमा बर्चस्व कायम गर्छ , ` पालिकाले गर्ने भ्रष्टाचार र अनियमिततामा यस्ता दरभाउ- पत्र स्वीकृत हुने मिडिया हाउसले साथ दिन्छन् पत्रकार संजय विश्वकर्माले बताए । बोलपत्र आह्वान सम्बन्धि कुनै पनि सुचना फरक फरक मितिमा प्रकाशित हुने सर्वबिद्दितै भएकोले प्रकाशित हुने मिति भन्दा अगावै मिडियाका लागि शिलबन्दी दरभाउ पत्र माग गर्न कानुन सम्बत हुनसक्ने नेपाल पत्रकार महासंघ जिल्ला शाखाका उपाध्यक्ष गणेश साहले बताए । यस्तो प्रकारको सुचनाले जिल्लामा काम गर्ने मोफसलका पत्रकारहरुलाई नसमेट्ने र उनिहरुको अधिकार संग खेलवाड हुने नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष मनोज बनैता यादवले समाजिक संजालमा स्टाटस लेखेका छन् । खरिद ऎन अनुसार काठमाडौबाट प्रकाशित हुने मापदण्डमा परेका राष्ट्रिय दैनिक पत्रीकाहरु पनि जिल्लाका बजारमा नपाईने भएकोले यस्तो सूचनाको कुनै अर्थ नभएको र नागरिक सूचनाको अधिकारबाट बन्चित रहेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिरहाको ठहर छ ।

Open Photo

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤