अतिक्रमित सार्वजनिक ऐलानी जग्गा स्थानीय द्वारा कब्जा

  • भदौ २६, २०७८
  • ८९७ पटक पढिएको
  • रामएकवाल राम
alt

बिनाेद मण्डल सिरहा भदौ २६ । सिरहामा सार्वजनिक जग्गा गलत नियतले व्यक्तिको नाममा नापी गराएपछि विवाद अगाडि आएको छ ।

साविक गाउँविकास समिति नैनपुर ५ हाल धनगढी माई वडा नं ११ मा रहेको दुर्गा देवीको मन्दिर परिसरमा रहेको करिब १५ धुर जग्गा जसको उत्तरमा रामकुमार दास तत्मा , दक्षिणमा बलराम शाह पछिममा मूल सडक र पूर्वमा मन्दिर रहेको खाली जग्गालाई मेरो हो भनी दाबी गरिरहेका दिलीप कुमार मण्डललाई स्थानिय सबैले मूल सडक देखि मन्दिरसम्म जानको लागि १० फिट बाटो माग पटक पटक गर्दा र निजले आलटाल गरेको र स्थानीयलाई खुल्ला चुनौती दिँदै उक्त जग्गामा भदौ १९ गते बलजन्ती घर टहरा निर्माण कार्य सुरु गरेपछि स्थानिय द्वारा घर टहरा खाली गराई जग्गा अतिग्रहण मुक्त गराई मन्दिरकाे लागि एक जुट भएका छन् ।

वास्तविकता हेर्दा विक्रम सम्वत २०७१शाल वैशाख १ गते सोमबार साबिक गाउँविकास समिति सारस्वर ४ का सर्युग शाहको नाति रामबहादुर शाहको छोरा वर्ष ४१ को मानदेव शाहले उक्त जग्गा मन्दिरलाई दानपत्र गरेको हो । त्यस्तै स्थानिय भद्र भलाद्मी हरुको सामूहिक मिति २०७७/१२/२५ मंगलबारको निर्णयले समेत जग्गा मन्दिरको हो भने ठोकुवा गरेको छ अर्कोतिर वडा कार्यालयको पत्र संख्या २०७७/०७८ च. नं . ५०० मिति २०७७/६/२८ ले श्री नापी कार्यालय २ नम्बर टोली लहान , सिरहालाई गरेको सिफारिसमा स्थानियको सिफारिस बदर निवेदन मिति २०७८/४/३० मा स्थानिय वडा कार्यालयमा बुझाएपछि वडा कार्यालयले भुलबस सिफारिस गरिएको भनी बदर गरिदिन पत्र संख्या २०७८/०७९ च . न . २९१ मिति २०७८/५/४ लेखेको पत्र र न्यायिक समितिको पत्र संख्या २०७७/०७८ च . न . १४८ मिति २०७८/३/३० को रामसेवक मण्डलको नामको पत्रमा समेत जग्गा जोतकोर नगर्न भनिएको छ ।

टेलिफोन सम्पर्क गर्दा वडा अध्यक्ष गंगाराम यादवले जग्गा भुलबस सिफारिस भएको र मन्दिरकै भएको बताउनु भएको छ भने दिलीप कुमार मण्डलको दाजु रामसेवाक मण्डल लाटो भएकोले उनका भाइ दिलिप लाई तपाईंसँग भएको प्रमाण माग्दा सिफारिस गरिएको पत्र उपलब्ध गराएका छन् । मन्दिर जानको लागि १० फिट बाटो आफू दिन तयार रहेको बताउने मण्डलको जस्ता ,काठ लगायतका सामान स्थानियले फिर्ता गरेका छन् । स्थानिय जनताको आवाज कागजात लगायतका सबै प्रमाण हेर्दा जग्गा मन्दिरकै भएको बुझिएको छ त्यसैले मण्डलले बिना प्रमाण दाबी गर्नु निरर्थक सावित हुन गएको हो ।

प्रतिक्रिया दिनुहोस

मधेसको पहिचान जोगाउन ...

उमेश कुमार साह बोदे बर्साईन : सप्तरी निर्वाचन क्षेत्र नम्बर–४ मा जनता समाजवादी पार्टी (जसपा) न ...

कांग्रेसका नेता–कार् ...

रहमुल, सिरहा १० फाल्गुन । आगामी निर्वाचन नजिकिँदै जाँदा सिरहा निर्वाचन क्षेत्र नं. १ मा राजनीतिक समी ...

प्रहरी प्रधान र मधेश ...

रंजित चौरसिया,वीरगंज १० फागुन । केही हप्ता पहिला मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र प्रहरी प्रध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१