डा. दीपक शाक्यको ठगीधन्धा, करोडको भाडा र बिजुली रकम नतिरि बाल संगठनको जग्गा हड्पे

  • भदौ २६, २०७८
  • ७५६ पटक पढिएको
  • रामएकवाल राम
alt

वीरगंज वीरगंजको आदर्शनगरस्थित मुख्य क्षेत्रमा रहेको १२ कट्ठा जग्गाको रकम गएको १० वर्षदेखि नतिरी डा। दीपक शाक्यले सङ्गठनलाई नै दुःख दिने गरेको रहस्य खुलेको छ । वीरगंज पब्लिक कलेजका निर्देशक रहेका डा। दीपक बहादुर शाक्यले सम्झौता भएदेखि प्रयोग गर्दै आएको नेपाल बाल सङ्गठनको जग्गा भाडा नतिर्ने गरेको खुलेको हो । सङ्गठनका तत्कालीन सभापति अशोक कुमार जयसवालसँगको २०६८ असार २१ गते भएको सम्झौतामा २ वर्षको लागि मासिक १६ हजार १ सयको दरले र त्यसयता २५ बर्ससम्मको लागि मासिक रु।

२१ हजार १ सयको दरले हरेक ३ वर्षमा १० प्रतिशत बढाउने गरी कौडीको भाडामा समेत सम्झौता गरेको उक्त जग्गाको भाडा बापतको रुपैयाँ नतिरी प्रयोग गर्दै आएका छन् । २०६८ असार २१ गते स्वर्गीय गोपाल बहादुर शाक्यका नाती तथा दीपक बहादुर शाक्यका छोरा शंकल्प शाक्यसँग करिब १२ कट्ठा जग्गा २५ वर्षका लागि बहाल दिने सम्झौता गरेका थिए । तर सम्झौता गरेदेखि हालसम्म सङ्गठनलाई बुझाउनु पर्ने कुनै पनि मासिक रकम नबुझाई प्रयोग गरिरहेको पर्साका वर्तमान सभापति रामकिशोर सिंह परागले बताए । उक्त सम्झौता अनुसार चौमासिकको पहिलो महिनामा भाडा नतिरेको खण्डमा १० प्रतिशत जरिवाना समेत लिने सम्झौता भएको छ ।

जसअनुसार हालसम्मको भाडा जरिवानासहित दिएको रकम बाहेक रु १ करोड २५ लाख ९५ हजार ३५४ रुपैयाँ बक्यौता रकम डा। शाक्यका छोरा शंकल्प शाक्यले दिनुपर्नेमा हालसम्म तिरेका छैनन् । उल्टै डा। दीपक शाक्यले खातै नभएकाले हालसम्म रकम जम्मा गर्न नसकेको प्रतिक्रिया दिए । २०६८ सालमा नेपाल बाल सङ्गठन चल्नै नसक्ने अवस्थामा पुगेकाले आफै समितिमा भएको नाताले आफ्नो छोरोको नाममा लिजमा लिँदा कम्पाउण्डवाल र माटो पुर्ने भनेर २ वर्ष समयावधि तोकिएको थियो तर उक्त समयमा वीरगंज महानगरपालिकाले नबनाएकाले आफैले १५ लाख रुपैयाँ खर्च गरेर बनाएको उनको प्रतिक्रिया छ ।

तर यता विद्यानत सङ्गठनमा रहेका पदाधिकारी तथा सदस्यहरूले आ९आफ्नो सन्तानको नाममा सङ्गठनको सम्पत्ति भाडामा लिने पाउने प्रावधान नरहेपनि त्यति बेला सङ्गठन पर्साको सदस्य रहेका डा। दीपक शाक्यले आफ्नो छोरा शंकल्प शाक्यको नाममा जग्गा भाडामा लिएर श्री आदर्श माध्यमिक विद्यालय चलाइरहेका छन् । उक्त समयमा सङ्गठनको सदस्य रहेका डा। दीपक शाक्यले व्यक्तिगत फाइदा लिन आफ्नै छोराको नाममा १२ कट्ठा जग्गा बहालमा लिई आफैँ साक्षी बसेर सङ्गठनकै विधानको बर्खिलाप काम गरेको सभापति रामकिशोर सिंह परागको आरोप छ । सम्झौता अनुसार कुनैपनि संरचना बनाउँदा लिजमा लिनेले नै बनाउनुपर्ने भएपनि डा। शाक्यले भने १५ लाख नेपाल बाल सङ्गठनले उल्टै तिर्नुपर्ने प्रतिक्रिया दिए ।

नेपाल बाल सङ्गठनलाई तिर्नुपर्ने १ करोड २५ लाख रुपैयाँ मध्ये १० वर्षमा यता एकसुको डा। शाक्यले जम्मा गरेका थिएनन् । खाता भएपनि उनले तिर्न मानेका थिएनन् । भर्खरै आएको समितिले पटक९पटक ताकेताक गर्दा असारमा आएर दुई पटक गरी १२ लाख रुपैयाँ सङ्गठनको खातामा जम्मा गराएका छन् । उक्त १२ लाखमा पनि डा। शाक्यले २ लाख बढी नै तिरेको दाबी गरिरहेका छन् । जबकी करारनामामा खुलस्त रूपमा तीन महिने भाडा यदि नतिरे १० प्रतिशत जरिवाना समेत लाग्ने उल्लेख रहेको छ । तर शाक्यले खाता नभएको अवस्थामा उक्त रकम कसलाई तिर्ने भनी बेतुकको जवाफ फर्काएका छन् । जबकी उनी स्वयम रहेको उक्त सङ्गठनको पहिले नै खाता सञ्चालनमा रहेको बैक दाखिलाले बताउँछन् ।

वीरगंजस्थित आदर्शनगर रहेको नेपाल बाल सङ्गठनको बाल मन्दिरको पुरानो भवनमा रहेको बिजुलीको मिटरको बिल समेत शाक्यले नतिरेको सभापति परागले बताए । मन्दिरको जग्गासहित १२ कट्ठामा संचालन गरेको श्री आदर्श मा।वि।ले खर्चेको झण्डै २ लाख ४४ हजार बराबरको बिल नतिरी मिटर नै उखेलेर फालिदिएका छन् । बाल सङ्गठनको प्राङ्गणभित्र रहेको पौष्टिक आहारको मिटरबाट सङ्गठनलाई कुनै जानकारी नै नदिई चोरी गरी बिजुली बाल्दै आएको नयाँ कार्यसमिति बन्दा आफूहरूले थाहा पाएको सभापति परागले बताए । यस सम्बन्धमा बिधुत कार्यालयमा बुझ्दा झण्डै ३ लाख बराबरको पहिलेकै बिजुलीको बिल नतिरेको कार्यालयले जानकारी दिएको सभापति परागले बताए ।

यो विषयमा जिल्ला प्रशासन कार्यालयमा समेत जानकारी गराएपनि त्यहाँबाट कुनै प्रतिक्रिया नआएको सभापति परागको भनाई छ ।आफूलाई नागरिक समाजका अगुवा समेत भनाउने डा। शाक्यले बिजुली नबालेकोले बिल नतिर्ने भन्दै अटेरी गर्दै आएको सभापति परागले बताए । डा। शाक्य शिक्षक पेसासँग जोडिएकाले बक्यौता रकम तिर्न आफूहरू पटक९पटक पत्राचार गर्दै आएपनि उनले नागरिक समाजको अगुवाको दम्भ देखाउँदै करोडौँ रकम नतिरेको सभापति परागको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सहिद आमाको संघर्ष र ...

ओम प्रकाश यादव लहान, पुस १२। उहाँलाई पहिलो नजरमै देख्दा खुसमन्द, सरल र कोमल मन भएकी महिला जस्तो लाग् ...

मधेश प्रदेश सभामुख ...

ओम प्रकाश यादव लहान, पुष ११ । मधेश प्रदेश सभाको गरिमामय सभामुख पदमा नवनियुक्त माननीय राम अशिष यादवले ...

पुस १५ गतेलाई राष्ट् ...

काठमाडौं । सरकारले पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसका रूपमा मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१