Siraha Times
ताजा समाचार

जनता राष्ट्रिय आधारभूत विद्यालय ठिल्ला यदुवाले गरे सामाजिक परीक्षण तथा आम भेला कार्यक्रम

  • भदौ २३, २०७८
  • १३४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धनुषा जिल्लाको जनता राष्ट्रिय आधारभूत विद्यालय ठिल्ला यदुवाले मङ्गलवार सामाजिक परीक्षण तथा आम भेला कार्यक्रम सम्पन्न गरेको छ। बिद्यालयकाे आर्थिक वर्ष २०७६ देखी २०७८ सम्मका सूचनाहरू आम वडा वासीहरुमाझ सार्वजनिकरणका लागि जनता राष्ट्रिय आधारभूत विद्यालय ठिल्ला यदुवाले सो कार्यक्रमको आयोजना गरिएको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र कुमार रायकाे अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि सबैला नगरपालिका-८ काे वडा अध्यक्ष दुर्गा प्रसाद राय रहेका थिए भने विशिष्ट अतिथि सबैला नगरपालिका नगर शिक्षा सँयोजक राम दुलार यादव रहेका थिए। कार्यक्रममा वडा सदस्य कपिलदेव कापर, दलित महिला वडा सदस्य इन्दु देवी महरा, शिक्षाप्रेमी लाल प्रसाद महतो, आसमान नेपालको प्रतिनिधि शिव नारायण महतो, सरस्वती माविकाे प्रधानाध्यापक नथुनी साह, मटही विद्यालयको प्रधानाध्यापक नारायण शाह, बाल क्लबका अध्यक्ष साक्षी साह, समाजसेवी व्यक्तिहरू, अभिभावकहरू , अन्य वडा वासीहरुकाे उपस्थिति रहेका थिए।

Open Photo

कार्यक्रममा विद्यालयका शिक्षिका निर्मला कापरले स्वागत मन्तव्य राखेका थिए भने विद्यालयका प्रधानध्यापक दिनेश रायले विद्यालयको आर्थिक वर्ष ०७६ देखि ०७८ सम्मका गतिविधिहरु प्रस्तुत गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै आधारभूत विद्यालयलाई निम्न माध्यमिक विद्यालयको रुपमा रूपान्तर गर्न पहल गरिने प्रधानाध्यापक रायले बताए भने कार्यक्रमको प्रमुख अतिथि वडा अध्यक्ष दुर्गा प्रसाद रायले विद्यालयको कुनै पनि विकास निर्माणकाे कार्यमा आफू तयार रहेको बताए। विद्यालयको थप भौतिक संरचना यसै वर्षको योजनामा राखेर पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए , साथै विद्यालयको विकास आफू मात्र चाहेर हुँदैन, त्यसको लागि सम्पूर्ण स्थानिय अभिभावकको समेत उतिकै जिम्मेवारी निर्वाह गर्नुपर्छ भन्ने मात्र विद्यालयको विकास सम्भव छ। वडा अध्यक्ष रायले शिक्षाको विकास आफ्नो पहिलो प्राथमिकता रहेको वताए ।

प्रतिक्रिया दिनुहोस

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

इलाका प्रहरी कार्याल ...

कृष्णानगर, असार ७ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मी बाट ख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१