ताजा समाचार

स्वर्गीय संगिता कर्माचार्यकी सम्झ्नामा ३० जना अशक्तहरुलाई राहत सहयोग

समाजसेवी महेश चौधरीद्धारा अपाङ्गहरुलाई पौस्टिक अहार वितरण

  • भदौ २३, २०७८
  • ९०१ पटक पढिएको
  • रामएकवाल राम
alt

महेश सिंह सिरहा लहान २३ भदौ -सिरहाको लहान नपा -१५ ढाेडनामा ३० जना अपाङ्ग अशक्त फरक क्षमता भएको ब्यक्तीहरुलाई राहत वितरण गरेको छ्।

अपाङ्गहरुको समस्याको मध्य नजर गर्दै चौधरीले कोरोना काल देखि नै उनले राहत सहयोग गर्दै आएका छन्। ऊनी श्रीमान र श्रीमती लामो समय देखि समाज सेवामा होमिएका थिए। समाजसेबी चौधरी र कर्माचार्यले दिन दुखिहरुको राहत बाडन दिन भरी ब्यस्त देखिका थिए। उहाँहरु गर्भवती महिला,अपाङ्ग अशक्त, र बिपन्न बर्गलाई राहत सहयोग गर्न तत्पर नै रहेको देखिन्छ। समाजसेबी चौधरी नेपाली काङ्ग्रेसको बौद्धिक नेता तथा चर्चित नेता हुन् । नेता चौधरी बिचारको राजनीतिमा लागेका ब्यक्ती हुन् ।

नेता चौधरीका अनुसार समाजलाई सेवा गर्दा गर्दै मेरो श्रीमती श्रदेय संगिता कर्माचार्य आजैको मितिमा संसार छोडेर जानुभयो उनको सम्झनामा प्रत्येक महिनाको २२ गते संगिता कर्माचार्य स्मृति प्रतिष्ठान द्वारा राहत सहयोग गर्ने प्रतिबद्धता स्वरुप उक्त सामग्री सहयोग गर्दै आएका हुन् चौधरीले बताए । लहान नपा -१५ ढाेडनामा दर्जनौं पल्ट राहत वितरण गरिसकेको उक्त वडाका वडा अध्यक्ष तेजनारायण चौधरी र जनप्रतिनिधी तथा समाजसेबी राम कुमारी दासले पत्रकारहरुलाई जानकारी दिनु भयो।

राहत पाउदै अशक्तहरुले महेश चौधरी जस्तो मेयरलाई लहान नगरपालीकामा खाँचो रहेको बताए। नेता चौधरीलाई लहानको मेयर बनाउनु पर्ने ब्यापक चर्चा भईरहेको छ।पीडितहरुको अनुसार महेश चौधरीले लहानका मेयर बनियो भने मात्र लहान नगरपालीकामा बिकासको गती लिने बताए।नेता चौधरीले समाजसेवा गर्दा गर्दै श्रीमती गुमाएका हुन्। उनले श्रीमती गुमाए पनी समाज सेवा गर्न पछाडि नहटेको समाजसेवी महेश्वरी चौधरीले बताए।

राहत स्वरुप समाजसेवी चौधरीले प्रति ब्यक्ति १० किलो चामल,खानेतेल,आलु,नुन,दाल लगायतको सामग्री सहयोग गरेको वडा नम्बर १५ का वडा अध्यक्ष तेजनरायण चौधरीले जानकारी दिनु भयो।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤