ताजा समाचार

नेपाल रेलवे कम्पनी लिमिटेडका निरञ्जन झाले कर्मचारीलाई हाजिर गर्न रोक लगाएको भन्दै आन्दोलित

  • भदौ २१, २०७८
  • ८६७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेंद्र कुमार कुर्मी / बिजयनगर काठमाडौ । नेपाल रेलवे कम्पनी लिमिटेडमा हाजिर गर्न नदिई हटाएका ज्यालादारी कर्मचारीहरु आन्दोलनको संघर्षमा उत्रिएका छन । कम्पनीका महाप्रबन्धक निरञ्जन कुमार झा ले शुक्रबार सुचना जारी गर्दै तत्कालिन ब्यबस्थापनले ज्यालादारीमा राखेका कर्मचारीहरुलाई हाजिर गर्न रोक लगाउनु भएको थियो । कर्मचारीहरुले आफू खुशी दैनिक रुपमा हाजिर गरिरहेको भन्दै झा ले हाजिर गर्न सचेत गराईपछि कर्मचारीहरु आन्दोलित भएका हुन । कर्मचारीहरुले आफुहरुलाई नियतबस हटाईएको भन्दै आइतबार आन्दोलन गर्दै बिरोध गरेका छन । उनिहरुले हाल सम्मको पारिश्रमिक पाउनु पर्ने माग गरेका छन । आन्दोलनरत कर्मचारीले झाले राजनीतिक प्रतिसोधले आफुहरुलाई हटाईएको आरोप पनि लगाईएको छ । यस बिषयमा नवलपुर टुडेको टेलिफोन सम्पर्कमा कसै संग पूर्वाग्रह र प्रतिसोधको भावना नरहेको र राज्यको ढुकुटी जोगाउन ज्यालादारी कर्मचारीलाई हटाइएको जानकारी दिनुभयो । यसअघि नेपाल रेलवे कम्पनीका तत्कालिन महाप्रबन्धक गोडु भट्टराईले १५१ जनालाई दैनिक ज्यालादारीमा भर्ना गर्नुभएको थियो । तर रेलवेको नयाँ प्रबन्धकमा नियुक्ति भएर आएको झा ले ती सबै कर्मचारीलाई हाजिरी गर्न नदिई हटाउनु भएको छ । प्रबन्धक झा ले कानुनी तथा प्राबिधिक कारणले जयनगर कुर्था खण्ड रेलवे संचालनमा आउन समय लाग्ने भन्दै हाजिर गर्नबाट कर्मचारीलाई बन्चित गर्नुभएको हो । उनले १५१ जना ज्यालादारी कर्मचारीलाई हाजिरी गर्न नदिइ हटाएको हो ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤