चतुरान्नद ठाकुरलाई लक्ष्मीपुर-पतारीमा उम्मेदवारी दिनहुन व्यापक चर्चा

  • भदौ २१, २०७८
  • २१९४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिसुन देव सरदार लहान, भदौ  २१ गते। । लक्ष्मीपुर पतारी गाँउपालिका नेपाली काँग्रेसका प्रत्यासी उमेदबार चतुरानन्द ठाकुरले अगामी हुने चुनावमा गाँउ पालिकाको अगामी चुनावमा आफनो पार्टि विजयी भए चार ‘स’ को अवधारणा लागु गर्ने बताएका छन् । अहिले पिपरा , पोखरभिण्डा , महेशपुर , लक्ष्मीपुर , खरुक्याही , सितापुर पालिका भित्रका गाउँहरुमा नेता ठाकुर उम्मेदवारी दिनु पर्ने व्यापक चर्चा भएको देखिन्छ । शनिबार संचारर्कीहरु कुराकानी गर्दै सो चार ‘स’ को अवधारणा लागु गर्ने बताएका छन् । जसमा शिक्षा, स्वास्थ, सडक,सिचाईलाई पहिलो प्राथमिकता दिने बताएका छन् । लक्ष्मीपुर पतारी गाँउपालिका विकास कार्यमा अझै पछाडि रहेको उनले बताए । उनले भने – सिरहा जिल्लामा धार्मिक तथा ऐतिहासिक धर्म स्थलको रुपमा परिचित रहेको राजा हरसिंहदेवका गाथासंग गाँसिएको धार्मिक स्थललाई ऐतिहासिक करिडोरको रुपमा विकास गर्ने लक्षय आफनो पार्टिले लिएको उनले जानकारी दिए । अहिले गाँउ पालिकामा विकास बजेटमा मनोमानि तरिकाले व्यापक अनियमितता भई रहेको समेत उनले आरोप लगाउनुभयो । अगामी चुनावमा लक्ष्मीपुर पतारी गाँउपालिकामा नेपाली काँग्रेस सबै वडामा विजयी हुने पक्का रहेको उनले दावी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

जसपाको प्रथम जिल्ला ...

ओम प्रकाश यादव लहान वैशाख ९ । संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादलाई मूल नाराका रूपमा अघि सारेक ...

जसपाको प्रथम जिल्ला ...

ओम प्रकाश यादव लहान वैशाख ९। संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादलाई मूल नाराका रूपमा अघि सारेको ...

किर्ते जालसाजी मुद्द ...

Translator       रहमुल लहान  वैशाख ८। सिरहाको नवराजपुर गाउँपा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१