नेकपा माओवादी केन्द्रले कृष्णानगरमा वडा कमिटी गठनमा तिव्रता

  • भदौ १७, २०७८
  • ५९५ पटक पढिएको
  • रामएकवाल राम
alt

कृष्णनगर, कपिलवस्तु १७ भाद्र -  कपिलवस्तुको कृष्णनगर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले वडा कमिटी गठन गरेको छ।नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष जावेद आलम खां सचिव गणेश प्रसाद बन्जाडे, केशर वली,लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मशहूद खां नेपालीको नेतृत्वमा बुद्धावारका दिन वडा नं४ तथा १२ मा वडा कमिटी गठन भएको छ। नेकपा माओवादी केन्द्रले कृष्णनगर नपाको १२ वटा वडामा शिघ्र वडा कमिटी गठनगरि भव्य बलियों नगरकमिटी बनाउने तयारीमा रहेको नगर अध्यक्ष जावेद आलम खांले बताएका छन।

वडा नं.४को सिर्सिहवा गाउमा लगभग ४०० बन्दा बढ़ी मान्छेको भेलाले सर्वसहमति बाटा वडा अध्यक्ष गीता देवी सुनार तथा सचिव वसीम फकीरको नेतृत्वमा१६ सदस्यीय वडा कमिटी गठन भएको र वडा नं.१२को मानपुर गाउमा ३०० भन्दा बढ़ी मान्छेको भेलाले सर्वसहमति बाट वडा अध्यक्षमा मुजम्मिल मुसलमान तथा सचिव कमला प्रसाद यादवको नेतृत्वमा १६ सदस्यीय वडा कमिटी गठन गरिएको जानकारी नगरसचिव गणेश प्रसाद बन्जाडेले दिएका छन। नवनियुक्त पदाधिकारीहरुलाई नगर अध्यक्ष जावेद आलम खां तथा केशर वलीले टिका लगाई स्वागत गर्दै आआफ्नो पदमा वसी पार्टीको हकहितमा काम गर्न तथा आउने निर्वाचनमा पुर्ण बहुमत हासिल गर्नका लागि आजै देखि लाग्ने निर्देशन दिदै नवनियुक्त पदाधिकारी हरु लाई सपथ समेत खुवाए।

उपस्थित जनतालाई लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले हृदय देखि धन्यवाद दिदै नवनियुक्त पदाधिकारीहरु लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिए। सदियो देखि नेपालमा चल्दै आएको राजतंन्त्र तथा जातिय विभेदलाई अन्त गर्नका लागि नेकपा माओवादी केन्द्रले ठुलो संघर्ष गरेको छ।देशमा माओवादी केन्द्रले ठुलो परिवर्तन ल्याएको छ बिच बिचमा केही असमाजिक तत्वहरुको कारणले पार्टीले धोका पनि खाएको छ तर पनि माओवादी केन्द्रले देशको हक हितको लागि काम गर्नका लागि उचित निर्णयगरि सुखी शान्ति समृद्धि नेपाल बाउने प्रयासमा लागेको छ। गाउगाउमा सिंहदरबार पहुचाउनको लागि लिएको संकल्पलाई पुरा गर्दै अगाडी बढ़ी रहेको कुरा उपाध्यक्ष खां नेपालीले बताउनु भयो । कार्यक्रमलाई सफल बनाउनको लागि शाहिद खां,मोहम्मद मुस्लिम,प्रहलाद यादव लगायतहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा ज ...

रहमुल लहान, असार १ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपालको पालिक ...

जसपा नेपाल नेवा: राष ...

काठमाडौं  - जनता समाजवादी पार्टी, नेपालको राष्ट्रिय मोर्चा 'नेवा: राष्ट्रिय समितिको ऐतिहास ...

जलवायु मैत्री गाउँ न ...

रहमुल लहान ३० जेठ । “सशक्त, समृद्ध, सम्मानित किसान : सबल महासंघ" जलवायु मैत्री गाउँ नेपाल (CSV ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१