ताजा समाचार

एकीकृत समाजवादी कृष्णनगरको संयोजकमा इंतेखाब अहमद खां

  • भदौ १६, २०७८
  • १५९४ पटक पढिएको
  • रामएकवाल राम
alt

कृष्णानगर, १७ भाद्र -  नेकपा (एकीकृत समाजवादी) कृष्णनगर नगर सम्मेलन आयोजक कमिटीको अध्यक्षमा इन्तेखाव अहमद खां निर्बिरोध चयन हुनुभएको छ । बुधबार कृष्णनगर नगरपालिकामा भएको नगर भेलाले खां को संयोजकत्वमा ५५ सदस्यीय नगर सम्मेलन आयोजक कमिटी गठन गरेको हो । नगर सम्मेलन आयोजक कमिटी घोषणा गर्दै एकीकृत समाजवादीकी नेतृ गीता अञ्जालले कपिलवस्तुमा एकीकृत समाजवादीलाई बलियो बनाउनका लागि अभियान थालनी भएको भन्दै यसको सुरुवात कृष्णनगरबाट सुरु भएको बताउनुभयो । कृष्णनगरको बिकास सोचेजस्तो नभएको भन्दै अब एकीकृत समाजवादीले त्यसको नेतृत्व गर्न तयार रहेको बताउनुभयो ।

त्यसको लागि आम जनताको मन जित्ने गरि काम गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । उक्त अबसरमा विभिन्न पार्टी परित्याग गरि झण्डै १ सय बढी एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । भेलामा अनेरास्ववियुका कपिलवस्तुका संयोजक दिपक अनुरागी, इकरार अहमद खां,फजल महमूद खां, वकील अहमद खां, राजकुमार यादव , रफिक अहमद खां,कैफ आलम खां, अमित मिश्रा,कादिर खां लगायतले मन्तब्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤