एकीकृत समाजवादी कृष्णनगरको संयोजकमा इंतेखाब अहमद खां

  • भदौ १६, २०७८
  • १३४८ पटक पढिएको
  • रामएकवाल राम
alt

कृष्णानगर, १७ भाद्र -  नेकपा (एकीकृत समाजवादी) कृष्णनगर नगर सम्मेलन आयोजक कमिटीको अध्यक्षमा इन्तेखाव अहमद खां निर्बिरोध चयन हुनुभएको छ । बुधबार कृष्णनगर नगरपालिकामा भएको नगर भेलाले खां को संयोजकत्वमा ५५ सदस्यीय नगर सम्मेलन आयोजक कमिटी गठन गरेको हो । नगर सम्मेलन आयोजक कमिटी घोषणा गर्दै एकीकृत समाजवादीकी नेतृ गीता अञ्जालले कपिलवस्तुमा एकीकृत समाजवादीलाई बलियो बनाउनका लागि अभियान थालनी भएको भन्दै यसको सुरुवात कृष्णनगरबाट सुरु भएको बताउनुभयो । कृष्णनगरको बिकास सोचेजस्तो नभएको भन्दै अब एकीकृत समाजवादीले त्यसको नेतृत्व गर्न तयार रहेको बताउनुभयो ।

त्यसको लागि आम जनताको मन जित्ने गरि काम गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । उक्त अबसरमा विभिन्न पार्टी परित्याग गरि झण्डै १ सय बढी एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । भेलामा अनेरास्ववियुका कपिलवस्तुका संयोजक दिपक अनुरागी, इकरार अहमद खां,फजल महमूद खां, वकील अहमद खां, राजकुमार यादव , रफिक अहमद खां,कैफ आलम खां, अमित मिश्रा,कादिर खां लगायतले मन्तब्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

जितिया पर्वमा आधारित ...

बिरेन्द्र प्रसाद नेपाल सिरहा, १ असोज । थारु समुदायको संस्कृति र जितिया पर्वसँग सम्बन्धित थारु लघु चल ...

नवराजपुर-१ श्री अवधि ...

ओम प्रकाश यादव लहान, १ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ स्थित श्री अवधि फेकनी आधारभूत विद् ...

शिक्षा नै प्रगतिको आ ...

लहान / भदौ ३१ । स्वतन्त्र नाई संघ (एस.एन.एस) को आयोजनामा काठमाडौं गौशालास्थित मिथिला थालीमा मंगलबार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१