Siraha Times
ताजा समाचार

अभियन्ता सरोज रायको पहलमा उद्धार, आठमहिना पछि आमाछोराको पुन:मिलन

  • भदौ १६, २०७८
  • १०१७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सामाजिक अभियन्ता सरोज रायको पहलमा भारतको गोपालगंज बाट उद्धार गरि ल्याएको बालक चेतन परियार लाई झापा जिल्लाको बिर्तामोड नगरपालिका वडा न. १०, दक्षिणभुतेरि गौरवटोलमा बस्दै आएका उनका आमाबुवा संग आठ महिना पछि  पुन:मिलन भएको छ। अभियन्ता राय र उनका टोलि चेतनको घर पुग्दा आमाबुवा र गाउँसमाज ढाका टोपी, खादा र टिका लगाई सम्मान गरें ।

चेतन परियार करिव आठ महिना अगाडी आफ्नो काका संग विहारको नर्वदा गएको थियो र पन्द्रह दिन नपुग्दै हराएको थियो । गोपालगंज तिर अलपत्र देखेर भारतीय प्रहरीले समातेर उनलाई बालकल्याण समिति गोपालगंजको जिम्मा लगाएका थिए । त्यहि बेला देखि चेतन छपरा स्थित बालगृहमा बस्दै आएको थियो ।
६ महिना अगाडी बालकल्याण समितिले अभियन्ता रायलाई जानकारी गरायो । चेतनले आफ्नो घर विर्तामोड बताए पनि ठेगाना स्पष्ट नभएको कारण उनका फोटो सामाजिक संजालमा राखेर रायले खोजबिन सुरु गरे र केहि दिन पछि चेतनको काकाले फेसबुकमा फोटो देखे पछि सम्पर्क गरे । नेपालबाट आवश्यक कागजात र चेतनको social investigation report (SIR) बनाएर रायले भारत पठाए । सबै कागजात भारत पुगेको ५ महिना पछि मात्र चेतनलाई घर लैजाने अनुमति आएपछि अभियन्ता राय र जनकपुरको समाजसेवी प्रविण महतो विरगंज नाका हुँदै गोपालगंज पुगेर चेतनलाई लिएर जनकपुर आए र एकदिन जनकपुर स्थित आफ्नै घरमा राखेर अर्को दिन विर्तामोड पुगेर आमाबुवा लाई जिम्मा लगाए ।

 

चेतनलाई लिन भारत जानु अगाडी झापाको प्रमुख जिल्ला अधिकारी लाई सबै जानकारी मौखिक र इमेल मार्फत गराएको र भारतबाट फर्केपछि उनकै सल्लाहमा चेतनलाई ईलाका प्रहरी कार्यालय विर्तामोडमा उपस्थित गरे र बुवा भिम परियार समेतलाई झिकाई प्रहरीले यकिन गरेपछि कागजी प्रकृया पुरा गरे । पछि अभियन्ता रायको टोली चेतनको घरमै पुगेर गाउँसमाजको बीच परिवारलाई जिम्मा लगाए । आठ महिना पछि छोरालाई देखेर आमा युनिसा देवी भुसाल परियारको आँखाबाट खुशीको आँसु टपटप खसिरहेको थियो । यो क्षण मेरो लागि सम्पूर्ण उद्धार प्रक्रियामा सबैभन्दा अमुल्य रहेको थियो अभियन्ता रायले बताए ।

चेतनलाई लिन भारत गएको बेला देखि परिवारसंग पुन:मिलन गराउनमा जनकपुरको समाजसेवी प्रविण महतोको सहयोग रहयो । यस्तै, पुन:मिलन कार्यक्रममा बाराको चुरे अभियानी सुनिल यादव, बिर्तामोडको युवराज कटुवाल, सुनिल दमाई, छरछिमेक र स्थानीय समाजको उपस्थित रहेका थिए । दरभंगाबाट ३ बालक, बेतियाबाट १ र गोपालगंजबाट १ गरि यसै हप्तामा अभियन्ता रायले पाँचजना बालकको उद्धार गरेका छन् । सम्पूर्ण उद्धार प्रकृयामा भएको आर्थिक खर्च रायले व्यक्तिगत गरेको जानकारी दिए । यस दुई वर्षमा अभियन्ता सरोज रायले करिव १६० बालबालिका भारतबाट उद्धार गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

नवराजपुरमा पोषण लेखा ...

रहमुल, सिरहा, १८ वैशाख । सिरहाको नवराजपुर गाउँपालिकामा सुनौलो हजार दिनका आमाहरू तथा ५ वर्षमुनिका बाल ...

भगवानपुरमा कृषि तथा ...

ओम प्रकाश  यादव लहान, वैशाख १७ । “सशक्त, समृद्ध, सम्मानित किसान : सबल महासंघ” भन्ने ...

सशक्त, समृद्ध, सम्मा ...

ओम प्रकाश यादव लहान वैशाख १७। सशक्त, समृद्ध, सम्मानित किसान सबल महासंघले आगलागीबाट प्रभावित परिवारहर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१