ताजा समाचार

मेयर औकात दिखाउँदै ; सर्वसाधारण  ज्यान बेहोर्न तयार

  • भदौ १६, २०७८
  • १११२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार।लाहान-भदौ१६ गते। सिराहाको पुर्व पश्चिम राजमार्ग छपराडी बजार देखि करिब ६ किलो  मिटर उत्तरमा पर्ने धनगडीमाई नगरपालिका र लक्ष्मीपुर पतारी गाउँपालिका जोड्ने सडक खण्डको अवस्था कहालीलाग्दो रहेको देखिन्छ । बाखर र रामपुर गाउँको बिचमा पर्ने उक्त सडक दुबै  सीमा नजिक रहेको छ।अर्थात  साईन बोर्ड नजिकै रहेको हेर्न सकिन्छ । सोमबार बाटोमा आउँदै गर्दा एम्बुलेन्स हिलोको दलदलमा फसेको देखिएका थियौ।स.१च.६५९ उक्त एम्बुलेन्स लहान देखि लक्ष्मीपुर पतारी गाउँपालिका सम्मका लागि जादै थियोे । उक्त बाटोमा जावतजावत गर्न पुर्ण रुपमा सास्ती भोग्नु परेको स्थानीयहरुको आरोप रहेका छन। तर , पालिका प्रमुखको  कुनै किसिमको चासो रहेको छैन । अहिले मेयर आफ्नो अौकात देखाएको रहेको अवस्था छ , अनि त्यसको प्रतिफल जनता स्वयं खेपिरहेका छन। करोडौंका अनियमितता लागेको पालिका प्रमुख अहिले मस्त निद्रामा सुतिएको अनुमान लगाउन सकिन्छ । तर , निमुखा जनताको पैसा ;- मात्रै होइन ज्यान लिन समेत उत्रिएको प्रत्यक्ष अनुमान लगान सकिन्छ । समय जस्तो भएपनि बाटोलाई सुधार्नु पर्ने पालिकाको प्रमुख कर्तव्यबोध गराउँछ ।नव आगन्तुक  बच्चा कसैको केही बिगारेको हुदैन , त्यसैले एम्बुलेन्सलाई आवतजावत व्यवस्था मिलाऊ स्थानीय सरकार? दलदलमा फसेका एम्बुलेन्स देखेर स्थानीय तथा ट्राक्टरको सहयोगमा दलदलबाट माथि झिकिएको थियोे । यदि मेयरले बाटो मर्मत सम्भार गरेन्न भन्ने स्थानीयले पालिका विरुद्ध सडकमै सडक घेराउ गर्ने अवस्था देखिन्छ । वारुण नियन्त्रण दमकल , एम्बुलेन्स जस्ता उपकरण कारण केही दिने अघि सप्तरीमा घर नै जलेर सखाप भएको अवस्था अगाडि नै रहेको छ। यदि सानो सानो गल्ती सुधारेन्न भने , ठुलो गल्तीको आरोप लाग्ने अवस्था देखिन्छ । त्यसैले शिक्षा , स्वास्थ , खानेपानी , यातायात बाटोघाटो जस्तालाई यथा सीर्घ ध्यानमा ल्याने अवस्था देखिन्छ । फेरी पनि जनता माथि जान लेवा हमला नगर्न मेयरलाई समाजको तर्फबाट अनुरोध रहेको छ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤