Siraha Times
ताजा समाचार

धनुषाको शहिदनगर नगरपालिकामा मंडलको अध्यक्षतामा ५१ सदस्यीय वाईसियल नगर कमिटि गठन

  • भदौ १३, २०७८
  • ७२३ पटक पढिएको
  • नरेश चन्द्र बरबरिया
alt

received_1818651118522361 धनुषाको शहिदनगर नगरपालिकामा मनोज मंडलको अध्यक्षता मा ५१ सदस्यीय वाईसियल नगर कमिटि गठन। धनुषाको शहिदनगर नगरपालिकास्थित नेकपा माओवादी केन्द्रको भातृ युवा सँगठन वाईसिएल (योङ्ग कम्युनिस्ट लीग) को नगर कमिटि गठन गरिएको छ । शनिबार शहिदनगर नगरपालिका वडा नम्बर ३ स्थित बसेको बैठकबाट ५१ सदस्यीय कमिटि गठन गरिएको हो । युवा नेता मनोज कुमार मण्डलको अध्यक्षतामा ५१ सदस्यीय कमिटि गठन गरिएको बताइएको छ । मण्डलको अध्यक्षता तथा शहिदनगर नगरपालिकाका नगर प्रमुख एवम् नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य उदय कुमार बरबरिया (यादव) को प्रमुख आतिथ्यमा बसेको बैठकबाट नगरस्तरीय वाईसिएल कमिटि गठन गरिएको हो । शहिदनगर नगरपालिकाको विभिन्न वडाबाट युवाहरुलाई एक जुट गरी सो कमिटि गठन गरिएको हो । सोही क्रममा तीन दर्जन बढी युवाहरु नेकपा माओवादी केन्द्रमा प्रवेश समेत गरेका थिए । प्रदेश कमिटि सदस्य बरबरियाले उनीहरुलाई अबिर लगाएर पार्टी प्रवेश गराएका थिए । नव प्रवेशीहरुलाई स्वागत गर्दै मेयर बरबरियाले पार्टीप्रति लगनशिल भएर लाग्न आग्रह समेत गरे । सयौ जनाको सहभागीतामा सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका शहिदनगर नगर पार्टी अध्यक्ष तनुकलाल यादव विशिष्ट अतिथिको रुपमा सहभागी भएका थिए । कार्यक्रममा राम किशोर पासवान , वैधनाथ मण्डल, हेमशन्कर भण्डारी, राम कुमार यादव, राजदेव साह लगायतको अतिथिहरु समेत सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१