Siraha Times
ताजा समाचार

सिरहा : मेयर साहले भुक्याई लाखौ ठगिगरेको पिडित परिवारको आरोप

  • भदौ १३, २०७८
  • १३९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान १३ , भदौ । सिरहाको लहान नगरपालिकाको मेयर मुन्नी साह सुडीले जग्गा खरिद र मन्दिर निर्माण गर्ने नाउँमा एक जना संग ६२ लाख ५० हजार ठगी गरेको छ । धनगढीमाई नगरपालिका वडा नम्बर - ४ ( निमचौक ) बस्ने नन्दी महतो कोईरी ( गुमस्ता जि ) संग उक्त रकम ठगी गरेको पिडित र पिडित परीवारका सम्पुर्ण सदस्यहरुले मेयर सुडी माथी आरोप लगाएका हुन् । नागरिकता अनुसार ९० बर्ष र बास्तविक रुपमा १०३ बर्ष पुगेका वृद्ध (गुमस्ता जि) अजभोली दिनहु रोईरहेका छन् । एउटा गल्तीले यस्तो अति बृद्व अवस्थामा पनि छोरा , बुहारी, नाति , नातीनी लगायत घरपरिवारको तनावमा उनी अहिले बस्न बाध्य छन् । स्थानीय तहको निर्वाचन हुन आगावै करिब २०७१ सालमा गुमस्ताले लहान - ४ को आफ्नो निजि घर बेचेका थिए । ५५३ कित्ता नमबर १० धुर क्षेत्रफल रहेको उक्त घर सहितको जग्गा ५२ लाख ५० हजारमा बेचेको पत्रकार सम्मेलनमा उनले बताए । मेयर साबलाई म धेरै विश्वास गर्थे , उहाँ संग हाम्रो बर्षौ देखि राम्रो सम्बन्ध थियो , स्थानीय तहको निर्वाचनमा उनलाई जिताउन मैले धेरै साथ दिएको छु , उनी संग हाम्रो घनिष्ठ सम्बन्ध थियो सम्बन्ध राम्रो रहेको कारण बेचेको घरको सम्पुर्ण पैसा ( बिना कागज) बिश्वासमा म मेयर साबलाई दिए । छोरा, छोरी, नाति , नातिनीले घर नबेच्नु भनेर मलाई पटक पटक भनिरन्थ्यो , ` म कसैको कुरो सुनिन ( गुमस्ता जि ) ले पत्रकार सम्मेलनमा सुनाए ।

सो पैसा मध्ये १० लाख ब्याजमा लगाई बाकी रहेको पैसा जग्गा खरिद र मन्दिर निर्माणमा लगाउन मेयर सहेबलाई `मैले भने ´ ब्याजमा लगाएको १० लाख रुपैयाको ब्याज थप १० लाख भएको छ भनेर केही बर्ष पछि मलाई मेयर भन्नुभयो । (बबाजी ) बैष्णोव मान्छे भएर मेयरसावलाई फराकिलो र शान्त ठाउँ मा हनुमान मन्दिर निर्माण गर्न जग्गा किनिदिन भने । मेरै पैसाले लहान नगरपालिकाको जे एस मुरारका क्यामसको पुर्व पट्टि मन्दिर निर्माण गर्न मेयर साबले २ कठ्ठा जग्गा पनी किनिदियो । हनुमान मन्दिर निर्माण पनि भयो । मेयर साहेब माथी पुर्ण रुपले बिश्वास भएर पैसाको हिसाब मैले कहिले मागेन , पैसा मेरो भएपनी सबै काम मेयरले नै गर्यो `तर ´ मन्दिर निर्माणाधिन उक्त जग्गा मेरो नाममा नामसारी नगरेर छोरा विशाल साहको नाममा दिएको सुन्छु । मेयर साबलाई पटक पटक जग्गाधनी पुर्जा हेर्न दिनु भनेर भनिरहदा पनि हाल सम्म कागजात हेर्न दिएको छैन् गुमस्ता जि को माईलो छोरा बद्री नारायण महतोले बताए ।

मेरो वुवालाई मेयर सहाबले मनसिक रुपले यातना दिई जग्गा बेचाएको छ दावी गर्दै उनले भने - अस्ति मैले उहाँ संग प्रत्यक्ष रुपले भेट्न जादा मेयर साहेबले कुरा फेर्नु भएको छ । छोरा विशाल साहलाई मन्दिरको जग्गा दाता बनाउछु तपाईंहरु पुजारी बनेर बस्नु मेयरको भनाई रहेको महतोले सुनाए । लहान - ४ मा रहेको घर सहितको जग्गा मालपोतमा पास गराउन मेयर साबको दवावमा भतिज मनोज कुमार महतोलाई सनाखतमा जबरजस्ती लगेको पारिवारिक स्रोतको आरोप छ । ( गुमस्ता जि ) का ३ छोरा बुहारी र २ छोरी , ज्वाई छन् । केही बर्ष अघि हालसालै उनको श्रीमती बितेका छन् । दर्जनौ नाति नातिनी रहेको गुमस्ता जि एक प्रतिष्ठित ब्यक्ति भएको स्थानीयहरु बताउँछन् । मेयरले बनाईदिएका लहान स्थित मन्दिरमा मुख्य पुजारी भएर बस्दै गरेको उनी आजभोलि आफ्नो छोराको घर निमचैक मा आएका छन् ।

मेयर साहको दवावमा केही महिना अगाडी उनलाई ज्यान मार्ने प्रयास पनि भएको थियो । मेयर साहले मन्दिरमा राखेका सहयोगीले उनिमाथी आक्रमणको प्रयास गरेको ( गुमस्ता जि ) ले बताए । त्यही दिन देखि म मन्दिरमा बस्न छोडेको छु, पत्रकारलाई सुनाए । पटक पटक मेयरले दवाव दिई विभिन्न फर्जी कागज वुवाबाट बनाएको (गुमस्ता जि )को छोरा , बुहारीको दावी छ । मेयरले जग्गा परिवारको नाउँमा गर्दैन भने हामी लहानमा शान्तिपुर्ण धर्ना दिन र आन्दोलन गर्न तयार रहेको छु, परिवारको भनाई छ । सत्य तथ्य रुपमा छानबिन गरि न्यायका लागि प्रहरी प्रशासन र पत्रकार संग उनी र उनको सम्पुर्ण परिवारले सामुहिक रुपमा गुहार गरेका छन् ।

No description available.

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१