नेपाल भारत सम्बन्ध बलियों बनाउने उद्देशका साथ उलमाहरुको संयुक्त कॉन्फ्रेंस

  • भदौ १२, २०७८
  • ८८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर/कपिलवस्तु सुन्नी मरकज़ बरेलीको आयोजनामा भारत नेपाल सुन्नी उलमाहरुले संयुक्त कॉन्फ्रेंस गर्ने तैयारी भइ रहेको छ। नेपाली उलमाको दरगाहे आलाहज़रत को सज्जादानशीन मार्फत सम्मान हुने आयोजना रहेको आयोजक समितिले जनाएको छ दुबै देश र दुबै देशमा रहेका सुन्नी उलमा बीच सम्बन्धबिस्तार हुने बिश्वास गरिएको छ कार्यक्रम भारतको उत्तरप्रदेशको बरेलिमा आयोजना हुने छ । जहाँबाट दुबै देशका उलमाहरु सहभागिता रह्ने छ ।

सुफी सुन्नी बरेलवी मुस्लिमका मुख्य धर्मगुरु र मज़हबी रहनुमा,आला हज़रत इमाम अहमद रजा खान बरेलवी, सुन्नी बरेलवी सुफी विचारधाराको सबै भन्दा ठुलो केंद्र मरकजे अहल-ए-सुन्नत बरेली शरीफ र आलाहज़रत ख़ानदानने नेपालका सुन्नी मुस्लिमको शैक्षिक र रूहानी व सूफियाना स्तरमा धेरै सेवा गरिएको हो । नेपालको भुमिबाट मुसलमानहरुको गहिरो सम्बन्ध रहेको छ । आलाहज़रत, ख़ानदाने आलाहज़रत, मरकज़े अहले सुन्नत र यादगारे आलाहज़रत जामिया रज़विया मंज़रे इस्लामका गहिरो र पुरानो सम्बन्ध रहेको धार्मिक मान्यता रहेको छ । नेपालको सरज़मीनमा बस्ने बेशुमार हरु खानदाने आलाहज़रत हरेक समयमा मुरीद हुँदै आएको छ । नेपालका गरीब छात्रहरु बरेलीका मदरसा मंज़रे इस्लाममा रहेर फ्रीमा शिक्षा प्राप्त गर्दै आएका छन । यहाँबाट शिक्षाको रौशनीले नेपालको (पिछडिएको ) इलाका र क्षेत्रको समस्या प्रकाशित गर्नमा अहम भूमिका निर्वाह गरि रहेको छ ।

नेपाली मुसलमानमा खानकाही, सुफियाना, अमन व शान्ती वाली सुन्नी विचारधाराका प्रचार व प्रसारलाई बढावा दिनेको लागि मरकज़े अहल-ए-सुन्नत दरगाहे आलालागीका प्रमुख हजरत सुबहानी मियॉ साहब र सज्जादानशीन हजरत अहसन मियॉ साहबले नेपाल लागका लगभग ६ जिल्ला बॉके, बर्दिया , कपिलवसतु, रूपेन्देहि, दाङ, नवलपरासी तथा बुटवल सहित नेपालका उप-क़ाज़ीको अगुवाईमा २५ जना आलिम,मुस्लिम पत्रकार,समाजिक कार्यकर्ता सहित एक प्रतिनिधिमंडललाई आमंत्रित गरिएको छ । आयोजना हुने उक्त कार्यक्रमले भारत-नेपालको सुन्नी उलमाका दरमियान संबंध पनि बलियो हुने सुन्नी सुफी विचार धाराको प्रचार-प्रसार गर्ने उद्देश्य रहेको छ । उक्त कार्यक्रममा योगदान गरिने इत्तेहाद नेपाल, ओल्मा काउन्सिल नेपाल लगायतहरु लाई सम्मान गरिने छ । “इत्तेहादे उलमा ए हिन्द व नेपाल कॉन्फ्रेंस ” को समेत आयोजना हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा ज ...

रहमुल लहान, असार १ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपालको पालिक ...

जसपा नेपाल नेवा: राष ...

काठमाडौं  - जनता समाजवादी पार्टी, नेपालको राष्ट्रिय मोर्चा 'नेवा: राष्ट्रिय समितिको ऐतिहास ...

जलवायु मैत्री गाउँ न ...

रहमुल लहान ३० जेठ । “सशक्त, समृद्ध, सम्मानित किसान : सबल महासंघ" जलवायु मैत्री गाउँ नेपाल (CSV ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१