ताजा समाचार

जनकपुर युवा संस्थाद्वारा रकम हस्तान्तरण;हर्षले सिता देवी ओतप्रोत

  • भदौ १०, २०७८
  • १००० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार सिरहा|भदौ १० गते। धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ बस्ने गरिब अति विपन्न असहाय सीता देवी रायलाई जनकपुर युवा संस्थाले मंगलबार रु. १५०००/- हजार राशिको रकम हस्तान्तरण गरिएको छ। उक्त रकम जनकपुर युवा संस्थाका स्टाफहरुको तलबबाट राशि हस्तान्तरण सहयोग गरेका हुन। गत २३ गते मो.ईमरानसँग घर चलाउन खाँचो भएको भन्दै साथै बच्चाहरु विरामी भएको समस्या बताउदै सीता देवी राय समाजसेवी ईमरानसँग सहयोगको उपेक्षा गरेका थिए। समाजसेवा हाम्रो धर्म हो । त्यसैले समाजसेवा गरौं ; समाजमा परिवर्तनमा उर्जा प्रदान हुने कुरामा इमरानले दावा गरेका छन। संस्थाका अध्यक्ष नुर राईनको अध्यक्षता , सरसफाइ अभियन्ता तथा समाजसेवी मोहम्मद इमरान , धिरेन्द्र कुमार , जनकपुर युवा क्रिकेट खिलाडी केशव , आकाश , आकाश राय , दिपक , मुकेश लगायत दर्जनौं युवा तथा स्थानीयहरुको उपस्थिति देखिएको थियो । आफ्नो ठाउँ आफ्नै जिम्मेवारी । हाम्रो शहर हाम्रै रहर।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤